रासस

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले बिर्तामोड नगरपालिका वडा नं ५ मा नवनिर्मित पूर्वाञ्चल क्यान्सर अस्पतालको  आज उद्घाटन गरेका छन् । उनले अस्पताल परिसरमा रहेको शिलालेख अनावरण गरी अस्पताल उद्घाटन गर्नाका साथै कक्षहरु अवलोकन पनि गरे ।

Advertisement

बिर्तामोड निवासी दुर्गा प्रसाईँको रु ६ अर्ब निजी लगानीमा अस्पताल निर्माण भएको हो । जसमा तीन सय शय्या छन् । करीब एक वर्षअघि नै सेवा शुरु गरेको अस्पतालको आज विधिवत् उद्घाटन भएको हो ।

एक वर्षका अवधिमा करीब दुई हजार सात सय बिरामीले अस्पतालबाट सेवा लिएका छन् । जसमध्ये करीब एक हजार तीन सय झापाकै बासिन्दा रहेको बताइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!