धनकुटा, १८ साउन । धनकुटामा बुधबार (आज) प्रेस चौतारी १ नम्वर प्रदेशको बिस्तारित बैठक बस्दैछ । आसन्न पत्रकार महासंघको केन्द्रिय चुनावलाई लक्षित गरी चौतारीको प्रदेश स्तरीय बैठक बस्न लागेको हो ।
धनकुटाको सिरवानी स्थित एमाले पार्टी कार्यालयमा दिउँसो १ बजेदेखि बैठक सुरु हुने प्रेस चौतारी धनकुटाका अध्यक्ष सन्तोष रुचालले जानकारी दिए । उनका अनुसार बैठकको सम्पुर्ण तयारी पुरा भएको छ ।
बैठक उद्घाटनका लागि एमाले सचिव एवं मोर्चा बिभाग प्रमुख गोकर्ण बिष्ट धनकुटा आउँदैछन । बैठकमा १ नम्बर प्रदेशका १४ जिल्लाका प्रेस चौतारी सम्वद्ध करिव १ सय ५० पत्रकारहरु सहभागि हुनेछन ।