धनकुटा। प्रेस चौतारी नेपाल प्रदेश नं. १ को बिस्तारित बैठक धनकुटामा सम्पन्न भएको छ । बैठकमा १ नम्बर प्रदेशका १४ जिल्लाका करिव १ सय ५० चौतारी सम्बद्ध पत्रकारहरु सहभागि थिए ।
भदौ ४ र ५ गते हुन लागेको पत्रकार महासंघको केन्द्रिय अधिवेशनलाई लक्षित गरी चौतारीको बैठक बसेको हो ।
बैठकमा सहभागि चौतारीका जिल्ला अध्यक्षहरुले पत्रकार महासंघका प्रेस चौतारीको अवस्थाका बिषयमा जानकारी गराएका थिए ।
जिल्ला–जिल्लामा प्रेस चौतारीको अवस्था, सञ्चालन गर्दै आएका गतिबिधि र पत्रकार महासंघको आसन्न चुनावमा चौतारीले अपनाउँनुपर्ने रणनीति लगायत बिषयमा छलफल भएको प्रेस चौतारीका १ नम्बर प्रदेश संयोजक लिलाराज भट्टराईले जानकारी दिए ।