पाँचथर । आफनै साथीमाथि हयाम्मर प्रहार गरी गम्भिर घाइते बनाई फरार भएका पाँचथर मिक्लाजुङ गाउँपालिका वडा नम्बर ८ का फरार एक ब्यक्तिलाई प्रहरीले दश महिना पछि पक्राउ गर्न सफल भएको छ ।

गत ०७३ असोज २२ गते राती मिक्लाजुङ गाउँपालिका वडा नम्बर ८ बस्ने हर्क बहादुर थक्लुलाई मारतल प्रहार गरी गम्भिर घाईते बनाई फरार रहेका सोही ठाउँ वस्ने मनिन्द्र थक्लुलाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

फरार रहेका थक्लुलाई जिल्ला प्रहरी कार्यालय पाँचथरले विशेष सुराकीको आधारमा घरबाटै पक्राउ गर्न सफल भएको छ । उनलाई अहिले जिल्ला अदालत पाँचथरबाट ज्यान मार्ने उधोग अन्तर्गतको मुद्धा दर्ता गरी प्रहरी हिरासतमा राखी थप अनुसन्धान गर्ने कार्य भैइरहेको प्रहरी नायव उपरिक्षक नकुल पोख्रेलले वताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!