मुलघाटमा मोटरसाईकलको ठक्करबाट वालक घाईते

मुलघाटमा मोटरसाईकलको ठक्करबाट वालक घाईते

धनकुटा, २५ साउन । धनकुटाको मुलघाटमा बुधबार दिउँसो मोटरसाईकलको ठक्करबाट एक बालक घाइते भएका छन । धनकुटाबाट धरान तर्फ जाँदै गरेको वा.७५ प.९४ नम्बरको मोटरसाईकलको ठक्करबाट खाल्सा छिन्ताङ्ग सहिदभूमी गाउँपालिका–१ का १० बर्षीय सोनु राई घाईते भएका हुन । धनकुटा नगरपालिका–९ मुलघाटमा सडक पार गर्ने क्रममा वालकलाई मोटरसाईकलले ठक्कर दिएको हो । मोटरसाईकलको ठक्करबाट वालकको वाँया खुट्टा भाचिएको छ । उनलाई उपचार...
घुम्तीचोक र बतासेका १५ घर पहिरोको उच्च जोखिममा

घुम्तीचोक र बतासेका १५ घर पहिरोको उच्च जोखिममा

तेह्रथुम। तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका– ६, मोराहाङस्थित घुम्तीचोक र बतासे बस्तीका करिब १५ घर पहिरोको उच्च जोखिममा परेका छन् । सातायता यो क्षेत्रमा परेको भारी वर्षाका कारण यी गाउँका १५ घर पहिरोको जोखिममा परेका हुन् । नजिकको ताङमाया खोलाले निर्माणाधीन जिरीखिम्ती–मोराहाङ सडक खण्डमाथिबाट पहिरो तान्न थालेको छ । खहरेखोलामा समेत पानीको बहाव बढेको छ । बस्तीको आडको रुपमा रहेको जमिन लच्किएका कारण घुम...
मृत तीन बालबालिकाको अनुसन्धान अझै टुंगिएन

मृत तीन बालबालिकाको अनुसन्धान अझै टुंगिएन

भोजपुर। गत असार १२ गते मृतावस्थामा भेटिएका तीन बालबालिकासम्बन्धि घटनाको अनुसन्धान अझै टुंगो लाग्न सकेको छैन । भोजपुरको अरुण गाउँपालिकामा–३, प्याउलीमा घटना भएको एक महिनाभन्दा बढी बितिसके पनि अनुसन्धान भने टुंगो लाग्न नसकेको हो । घटना भएको दिनदेखि जिल्ला प्रहरी कार्यालय, भोजपुर र क्षेत्रीय अनुसन्धान ब्युरो निरन्तर अनुसन्धानमा लागेपनि घटनाको रहस्य पत्ता नलागेको हो । अहिले केन्द्रीय अनुसन्धान ब्यु...
हिँड्दा हिँड्दै खुल्ला सडक हाजिरीजवाफ प्रतियोगिता

हिँड्दा हिँड्दै खुल्ला सडक हाजिरीजवाफ प्रतियोगिता

इटहरी । श्रीकृष्ण प्रणामी युवा परिषद्, इटहरी, सुनसरीको सक्रियतामा मंगलबार इटहरी र यस आसपासका क्षेत्रमा खुल्ला सडक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरिएको छ । तत्काल सडकमा हिँड्दै गरेका युवालाई लक्षित गरेर आयोजना गरिएको खुल्ला सडक हाजिरीजवाफ प्रतियोगितालाई इटहरीको मुख्य चोकको चारैतिर केन्द्रित गरेर सम्पन्न गरियो । देशका विभिन्न पक्षसँग सम्बन्धित ५० भन्दा बढी प्रश्न सडकमा हिँडिरहेका युवालाई लक्षित ग...
धनकुटामा पनि धुमधाम मनाईयो गाइजात्रा (भिडियोसहित)

धनकुटामा पनि धुमधाम मनाईयो गाइजात्रा (भिडियोसहित)

धनकुटा, २४ साउन । धनकुटामा पनि मंगलबार धुमधामका साथ गाइजात्रा पर्व मनाईएको छ । नेवार समुदायले धनकुटा बजारमा गाईजात्रा निकालेर धुमधामका साथ पर्व मनाएका हुन । बजारमा गाइजात्रा प्रदर्शनका लागि सवै स्थानबाट सिरवानीमा भेला भएर मदनचौक, हुलाकटोल, बीचबजार, भीमनारायण चौक, माथ्लोकोप्चे, तल्लोकोप्चे हुँदै टुडिखेलमा पुगेर जात्रा समापन गरिएको थियो । धनकुटामा गएको एक बर्षको अवधिमा मृत्यु भएका १९ परिवारले गाईज...
धनकुटामा स्क्रव टाइफसको संक्रमण

धनकुटामा स्क्रव टाइफसको संक्रमण

धनकुटा, २४ साउन । धनकुटामा स्क्रव टाइफस रोगको संक्रमण देखिएको छ । स्क्रव टाइफसका कारण धनकुटाकी एक बालिकाको मृत्यु भएको छ । संकास्पद तीन जना बिरामीलाई उपचारका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाको खाल्सा छिन्ताङ्ग सहीदभूमी गाउँपालिका–२ की ८ बर्षीया नुमाहाङ राईको स्क्रव टाइफस रोगका कारण मृत्यु भएको जिल्ला स्वास्थ्य प्रमुख ड...
बारीमै कुहियो बन्दागोभी, किसान चिन्तामा

बारीमै कुहियो बन्दागोभी, किसान चिन्तामा

तेह्रथुम ।किसानले लगाएको बन्दागोभी बारीमै कुहिन थालेको छ । गाँठे रोगको संक्रमणका कारण बन्दागोभी बारीमै कुहिन थालेको हो । बारीबाट टिपेर बिक्रीका लागि पठाएको बन्दागोभी समेत बाटोमै कुहिएपछि व्यापारीले किसानबाट खरिद गर्न छाडेका छन् । बन्दागोभी बारीमै कुहिन थालेपछि किसान चिन्तामा परेका छन् । सिधुवा कृषि भण्डारका बजार प्रमुख मेघेन्द्र गुरुङका अनुसार एक सातायता करिब रु १५ करोड बराबरको बन्दागोभी कुहिएक...
पहिराका कारण आधा दर्जन घर जोखिममा

पहिराका कारण आधा दर्जन घर जोखिममा

ताप्लेजुङ। विभिन्न स्थानमा पहिराका कारण दुई घरपरिवार विस्थापित भएका तथा आधा दर्जन बढी घर जोखिममा परेका छन् । पहिराका कारण फक्त्ताड्लुङ गाउँपालिका– ३ स्थित लिंखीमको थिवा बस्तीका डम्बरबहादुर लाबुङ लिम्बूको परिवार शुक्रबारदेखि नै विस्थापित भएको छ । सोही ठाउँमा रहेका सात घर पहिराको जोखिममा परेको स्थानीयवासीले बताएका छन् । बस्ती छेउमा उत्तर–दक्षिण ओलाङ्चुङगोला राजमार्ग सडक आयोजनाले सडक निर्माण गरेको ...
अब तेस्रो चरणमा पनि एमाले पहिलो हुन्छ : नेता खनाल

अब तेस्रो चरणमा पनि एमाले पहिलो हुन्छ : नेता खनाल

इलाम ।  नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधान कार्यान्वयनको महत्वपूर्ण कामलाई पूर्णता दिन मुलुक निर्वाचनमय भएको बताए । उनले मुलुक अहिले निर्वाचन वर्षका रूपमा अघि बढिरहेको बताए । इलामको कोल्बुङमा सोमबार आयोजित कार्यक्रममा उनले कार्यकर्तामाझ संविधान कार्यान्वयनको महत्वपूर्ण कामलाई पूर्णता दिन नै स्थानीय निकाय, प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न हुन गइरहेको बताए । ...
दुर्घटनामा एक महिलासहित दुईको मृत्यु

दुर्घटनामा एक महिलासहित दुईको मृत्यु

लहान। सिरहाको अर्नामा र कर्जन्हा गाउँपालिकामा भएका छुट्टाछुट्टै दुर्घटनामा एक महिलासहित दुईजनाको मृत्यु भएको छ । अर्नामा गाउँपालिका–३ स्थित भित्री सडकमा गएराति मोटरसाइकलबाट लडेर स्थानीयवासी ६० वर्षीया सुर्जादेवी यादवको मृत्यु भएको हो । स ७ प ५७२४ नंको मोटरसाइकलबाट अचानक लडेर गम्भीर घाइते भएकी यादवको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी, पानी तान्ने ...
पाँच टिपर काठ नियन्त्रणमा

पाँच टिपर काठ नियन्त्रणमा

लहान। प्रहरी र वन कर्मचारीको गस्ती टोलीले आज बिहान सिरहाको मिर्चैयाबाट पाँच वटा टिपरमा ल्याइएको सालको गोलिया काठ नियन्त्रणमा लिएको छ । मिर्चैया इलाका प्रहरी कार्यालय र वन कर्मचारीको संयुक्त टोलीले सिन्धुलीबाट मिर्चैयापतर्फ आउँदै गरेको ना३ख ८७७५, बा४ख ६७८९, ना३ख ३४१६, ना३ख ८७१७ र ना५ख ९८६ नंको ५ वटा टिपरलाई गोलिया काठसहित नियन्त्रणमा लिएको जिल्ला वन कार्यालयका सहायक वन अधिकृत अमरेन्द्र यादवले जानक...
जग्गा खरिद प्रकरणमा अनियमित गर्नेलाई कारवाही गरेर छाड्छु

जग्गा खरिद प्रकरणमा अनियमित गर्नेलाई कारवाही गरेर छाड्छु

विराटनगर । आपूर्ति मन्त्री शिवकुमार मण्डलले संविधानलाई कार्यान्वयन गर्ने जिम्मेवारी सरकारको काँधमा रहेको बताएका छन् । प्रेस सेन्टर नेपालद्वारा आज विराटनगरमा उनको सम्मानमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा उनले राष्ट्रिय जनता पार्टी (राजपा) लाई निर्वाचनमा सहभागी गराउन सक्यो भने सरकारका लागि ठूलो सफलता हुने बताए । उनले संविधानलाई सर्वस्वीकार्य बनाउन अघिल्लो सरकारले सुरु गरेका कार्यलाई निरन्तर...
इलाममा चिहानबाटै गहना चोरी

इलाममा चिहानबाटै गहना चोरी

इलाम। इलामको माईजोगमाई गाउँपालिका–४ नामसालिङमा माटोमा गाडिएको शव खनेर सुनका गहना चोरी भएको छ । चिहानमा शवसँगै गाडिएको चार आनाको मङ्गलसूत्र चोरी भएको हो । नामसालिङकी ३० वर्षीया सुनिता लिम्बूको टाइफाइडका कारण उपचारका लागि झापातर्फ लैजाँदै गर्दा बुधबार बाटैमा मृत्यु भएको थियो । उनको शव बिहीबार लिम्बू परम्पराअनुसार घरनजिकै माटोमा पुरिएको थियो । शव पुरिएको चौबीस घण्टा नबित्दै चिहान खनेर शुक्रबार राति...
झापामा एकसाठ्ठी प्रतिशत मुद्दा फछ्र्यौट

झापामा एकसाठ्ठी प्रतिशत मुद्दा फछ्र्यौट

भद्रपुर। जिल्ला अदालत झापाले गएको आर्थिक वर्षमा कुल दुई हजार ५८२ थान मुद्दा फछ्र्यौट गरेको छ । सो अवधिमा अदालतले दुई हजार ६४० थान मुद्दा फछ्र्यौट गर्ने लक्ष्य लिएको थियो । अदालतमा जिम्मेवारी सरेर आएका एक हजार ७१९ मुद्दा र नयाँ दर्ता दुई हजार ५०२ थान मुद्दा गरी कुल चार हजार २२१ थान मुद्दा रहेको जिल्ला अदालतका स्रेस्तादार इन्द्रकमल प्रधानले जानकारी दिए । अदालतले ६० प्रतिशत मुद्दा फछ्र्यौट गर्ने ...
मोरङमा ब्याट्री चार्ज गर्दा करेन्ट लागेर एकको मृत्यु

मोरङमा ब्याट्री चार्ज गर्दा करेन्ट लागेर एकको मृत्यु

मोरङ। मोरङको सुन्दरहरैचा नगरपलिका–४ बाँसबारीमा गए राति करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका मोहन गुरुङको घरमा डेरा गरी बस्ने मोरङ कानेपोखरी गाउँपालिका–१ का ४० वर्षीय प्रकाश थापा रहेका छन् । राति ११ बजे सिटी सफारीको ब्याट्री चार्ज गर्ने क्रममा थापालाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्...
बन्द खुलेर गाडी गुड्न थालेपछि अरुण पूर्वको जनजीवन सामान्य बन्दै

बन्द खुलेर गाडी गुड्न थालेपछि अरुण पूर्वको जनजीवन सामान्य बन्दै

धनकुटा, २२ साउन । राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषद्ले आवहन गरेको धनकुटासहित अरुण पूर्वका नौ जिल्लाको बन्द खुलेको छ । बन्द खुलेर गाडी गुड्न थालेपछि जनजीवन सामान्य बन्दै गएको छ । बिहान ५ बजेदेखी सुरु भएको बन्द अपरान्ह ५ बजेबाट खुल्ला गरिएको राष्ट्रिय जनमुक्ति पार्टीका धनकुटा अध्यक्ष सविला मोक्तानले जानकारी दिए । बन्दले दिनभर जनजीवन प्रभावित भएको छ । बि.स. १८३१ साउन २२ गते पृथ्वीनारा...
धनकुटामा दिनभर यस्तो रह्यो बन्दको प्रभाव (भिडियोसहित)

धनकुटामा दिनभर यस्तो रह्यो बन्दको प्रभाव (भिडियोसहित)

धनकुटामा आईतबार दिनभर बन्दको प्रभाव यस्तो रह्यो, भिडियो हेर्नुहोस् ... धनकुटा, २२ साउन । राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषद्ले आवहन गरेको बन्दका कारण आईतबार दिनभर धनकुटासहित अरुण पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित भएको छ । बि.स. १८३१ साउन २२ गते पृथ्वीनारायण शाहले नेपाल एकीकरणको नाममा लिम्बुवान राज्य खोसेको भन्दै परिषद्ले हरेक बर्ष साउन २२ गतेलाई ‘कालो दिन’ को रुपमा बन्द गर्दै आए...
सप्तरीमा प्रहरीलाई लक्षित गरी कुकर बम विस्फोट,  प्रहरीको गाडीमा क्षति

सप्तरीमा प्रहरीलाई लक्षित गरी कुकर बम विस्फोट,  प्रहरीको गाडीमा क्षति

सप्तरी, २२ साउन । सप्तरीको सुरूङ्गा–६ मा गएराति प्रहरीको गाडीलाई लक्षित गरी कुकर बम बिष्फोट गराईएको छ । अज्ञात समुहले भित्री सडक खण्डमा राति करिव १० बजे गस्तीमा रहेको प्रहरीको गाडीलाई लक्षित गरी बम विस्फोट गराएको हो । सडकमा खाल्डो खनेर राखेको बम बिस्फोट हुँदा इलाका प्रहरी कार्यालय कडोरवानाबाट निस्केको गस्ती टोलीको गाडीमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक मुकेश ...
धनकुटासहित अरुण पूर्वका नौ जिल्ला बन्द

धनकुटासहित अरुण पूर्वका नौ जिल्ला बन्द

धनकुटा, २२ साउन । राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषद्ले आईतबार धनकुटासहित अरुण पूर्वका नौ जिल्लामा बन्द आवहन गरेको छ । बि.स. १८३१ साउन २२ गते पृथ्वीनारायण शाहले नेपाल एकीकरणको नाममा लिम्बुवान राज्य खोसेको भन्दै परिषद्ले हरेक बर्ष आजकै दिनलाई ‘कालो दिन’ को रुपमा बन्द गर्दै आएको छ । अरुण पूर्वका नौ जिल्लालाई आत्मनिर्णयको अधिकारसहितको स्वयक्त लिम्बुवान राज्य घोषणा गरिनुपर्ने परिषद्को म...
कावेली बैंकले दियो धनकुटा अस्पताललाई टेलिभिजन

कावेली बैंकले दियो धनकुटा अस्पताललाई टेलिभिजन

धनकुटा, २१ साउन । कावेली विकास बैंकले जिल्ला अस्पताल धनकुटालाई एक थान टेलिभिजन प्रदान गरेको छ । धनकुटा सदरमुकाममा प्रधान कार्यालय रहेको उक्त बैंकले जिल्ला अस्पताललाई २८ हजार मुल्य बरावरको ३२ इन्चको एलइडी टेलिभिजन सेट प्रदान गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत शैलेन्द्र वादे श्रेष्ठ र जनसम्पर्क बिभाग प्रमुख मोहन ढुंगेलले अस्पतालका प्रमुख डा.मदनकुमार उपाध्यायलाई टेलिभिजन सेट हस्तान्तरण गरेका ...
धनकुटाको फोक्लेण्डटापु टोलवस्तीमा नयाँ नेतृत्व, अध्यक्षमा कटेल निर्वाचित 

धनकुटाको फोक्लेण्डटापु टोलवस्तीमा नयाँ नेतृत्व, अध्यक्षमा कटेल निर्वाचित 

धनकुटा, २१ साउन । धनकुटा नगरपालिका–६ स्थित फोक्लेण्डटापु टोलबस्ती संगठनको भेलाले भेषराज कटेलको अध्यक्षतामा १३ सदस्यीय टोलबस्ती संगठन निर्माण गरेको छ । टोल बस्ती संगठनको उपाध्यक्षमा पञ्चमाया लिम्बु, सचिवमा सन्तवीर लामा, सहसचिवमा गौमान राई र कोषाध्यक्षमा सकुन्तला लिम्बु चयन भएका छन । त्यस्तैगरी सदस्यहरुमा कुमारी लिम्बु, सतन राई, स्यामकुमारी राई, इन्द्रमाया लिम्बु, काजी राई, सेरबहादुर भण्डारी...
धनकुटाको बोधेमा ट्याक्टर पल्टिदा चालकसहित चार घाइते

धनकुटाको बोधेमा ट्याक्टर पल्टिदा चालकसहित चार घाइते

धनकुटा, २० साउन । धनकुटाको चौबिसे गाउँपालिका–५ चौवाटेमा आज साँझ ट्याक्टर दुर्घटना हुँदा चालकसहित चार जना घाईते भएका छन । साविकको बोधे गाबिस–३ बाट बोधे–८ स्थित रम्देल गाउँतर्फ सल्लाको काठ लिएर जाँदै गरेको को १ त ६२२६ नम्बरको ट्याक्टर साँझ करिव ६ बजे चौवाटे भन्ने स्थानमा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाले जनाएको छ । दुर्घटनामा परी चालक चौबिसे–५ का २० बर्षीय दिपेश बस्नेत, सोही स्...
पहिरोका कारण दर्जनभन्दा बढी गाउँ जोखिममा

पहिरोका कारण दर्जनभन्दा बढी गाउँ जोखिममा

तेह्रथुम।  वर्षाका कारण भिरालो जमिन भएको पहाडी जिल्ला तेह्रथुमका अधिकांश गाउँ पहिरोको जोखिममा परेका छन् । पछिल्ला वर्षहरुमा अनियन्त्रितरुपमा भइरहेको सडक निर्माणका कारण जिल्लाका दर्जनभन्दा बढी गाउँमा पहिरोको खतरा बढेको हो । बुधबार राति परेको भारी वर्षाका कारण पहिरो खस्दा दर्जनभन्दा बढी परिवार विस्थापित भएका छन् । बिहीबार राति पनि जिल्लामा भारी वर्षा भएको छ । पहिरोले घर जोखिममा पारेपछि म्याङ्लुङ ...
इलाममा प्राङगारिक मल बनाउने मेसिनको परीक्षण

इलाममा प्राङगारिक मल बनाउने मेसिनको परीक्षण

इलाम। फोहोरमैला प्रशोधन गरी प्राङगारिक मल बनाउने मेसिनको परीक्षण गरिएको छ । जिल्लाका विभिन्न स्थानबाट निस्किने फोहोरलाई व्यवस्थित गर्न इलाम नगरपालिकाले फोहोरबाट कम्पोष्ट मल बनाउने मेसिनको सफल परीक्षण गरी फोहोरमैला प्रशोधनको तयारी थालेको छ । विनरक इन्टरनेसनलका दावा तेञ्जी योल्मूले प्राङ्गारिक मल प्रशोधन गर्न मेसिन जडान गरिएको बताउनुभयो । उक्त मेसिनमा दैनिक सात सयदेखि आठसय किलोसम्म फोहोर पेल्न सकि...
मालपोत कार्यालय भद्रपुर झापा : राजश्व दोब्बर वृद्धि

मालपोत कार्यालय भद्रपुर झापा : राजश्व दोब्बर वृद्धि

भद्रपुर।  मालपोत कार्यालय भद्रपुर झापाले आर्थिक वर्ष २०७३÷७४ मा लक्ष्यभन्दा दोब्बर राजश्व संकलन गरेको छ । कार्यालयले सो अवधिमा रु १७ करोड ४१ लाख राजश्व संकलन गर्ने लक्ष्य लिएकामा रु ३७ करोड ४६ लाख ४१ हजार संकलन गरेको लेखा शाखाका कर्मचारी प्रकाश सिटौलाले जानकारी दिनुभयो । राजिष्ट्रेशन दस्तुर रु ३१ करोड ८८ लाख एक हजार, रोक्का दस्तुर रु १७ लाख ३५ हजार, कर्जा लिखितमा रु चार करोड ४४ लाख ३० हजार, नामस...
जिसस इलामको निर्वाचन साउन ३० गते

जिसस इलामको निर्वाचन साउन ३० गते

इलाम।मुख्य निर्वाचन अधिकृतको कार्यालयले साउन ३० का लागि जिल्ला समन्वय समिति गठन गर्न निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहीबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । जिल्ला समन्वय समितिमा प्रमुख, उपप्रमुख एक–एक, दलित वा अल्पसङ्ख्यक एक, तीन महिला सदस्य र खुल्ला सदस्य तीनजना रहने गरी नौ सदस्यीय समिति गठन गर्न निर्वाचन अधिकृतको कार्यालयका जगदीश्वर भट्टराई...
इनरुवामा तातो चिया जीउमा पोखिँदा गम्भीर घाइते

इनरुवामा तातो चिया जीउमा पोखिँदा गम्भीर घाइते

इनरुवा। सुनसरी सदरमुकाम इनरुवा–८ डुम्राहामा तातो चिया जीउमा पोखिँदा एक बालिका गम्भीर घाइते भएकी छिन् । स्थानीयवासी जीवन चौधरीकी डेढ वर्षीया बालिका लिजाकुमारी चौधरीको जीउमा तातो चिया पोखिँदा गम्भीर घाइते भएकी हुन् । बिहीबार चिया बनाएर घरको टेबुलमा राखेको र सोही चिया बालिकाको जीउमा पोखिएपछि गम्भीर घाइते भएको स्थानीयवासी भागवत ठाकुरले जानकारी दिए । चिया पोखिँदा घाइते भएकी लिजालाई उपचारका लागि जिल्...
सुनसरीमा भ्यानको ठक्करबाट घाइते भएका अन्सारीको मृत्यु

सुनसरीमा भ्यानको ठक्करबाट घाइते भएका अन्सारीको मृत्यु

इनरुवा ।  चार दिनअगाडि सुनसरीको भोक्राहा गाउँपालिका–२ मा म्याजिक भ्यानको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको बिहीबार राति मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी आरिफ अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । सुनसरी भोक्राहा गाउँपालिका–२ सडकखण्डमा प्रकाशपुरबाट भोक्राहातर्फ जाँदै गरेको को १ च २९१० नंको म्याजिक भ्यानले को १६ प १२४५ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट भो...
प्रेस चौतारी प्रदेश १ को बिस्तारित बैठक सम्पन्न  

प्रेस चौतारी प्रदेश १ को बिस्तारित बैठक सम्पन्न  

धनकुटा। प्रेस चौतारी नेपाल प्रदेश नं. १ को बिस्तारित बैठक धनकुटामा सम्पन्न भएको छ । बैठकमा १ नम्बर प्रदेशका १४ जिल्लाका करिव १ सय ५० चौतारी सम्बद्ध पत्रकारहरु सहभागि थिए । भदौ ४ र ५ गते हुन लागेको पत्रकार महासंघको केन्द्रिय अधिवेशनलाई लक्षित गरी चौतारीको बैठक बसेको हो । बैठकमा सहभागि चौतारीका जिल्ला अध्यक्षहरुले पत्रकार महासंघका प्रेस चौतारीको अवस्थाका बिषयमा जानकारी गराएका थिए । जिल्...
धनकुटाको चौबिसे गाउँपालिकाका उपाध्यक्ष रुचाललाई मातृशोक

धनकुटाको चौबिसे गाउँपालिकाका उपाध्यक्ष रुचाललाई मातृशोक

धनकुटा, १९ साउन । धनकुटाको चौबिसे गाउँपालिकाका उपाध्यक्ष यज्ञकुमारी रुचाललाई मातृशोक परेको छ । उनका आमा ७४ बर्षीया पार्वती रुचालको बिहिबार साँझ निधन भएको परिवार स्रोतले जनाएको छ । श्वासप्रश्वास समस्याबाट पीडित चौबिसे गाउँपालिका–३ निवासी रुचाललाई उपचारका लागि बिराटनगर स्थित नोवेल मेडिकल कलेज पुर्याईएको थियो । मृतकको पार्थिक शरिरलाई शुक्रवार अन्त्येष्टि गरिने भतिज सन्तोष रुचालले जानकारी दिए ...
error: Content is protected !!