धनकुटा, १९ साउन । धनकुटाको चौबिसे गाउँपालिकाका उपाध्यक्ष यज्ञकुमारी रुचाललाई मातृशोक परेको छ । उनका आमा ७४ बर्षीया पार्वती रुचालको बिहिबार साँझ निधन भएको परिवार स्रोतले जनाएको छ ।
श्वासप्रश्वास समस्याबाट पीडित चौबिसे गाउँपालिका–३ निवासी रुचाललाई उपचारका लागि बिराटनगर स्थित नोवेल मेडिकल कलेज पुर्याईएको थियो ।
मृतकको पार्थिक शरिरलाई शुक्रवार अन्त्येष्टि गरिने भतिज सन्तोष रुचालले जानकारी दिए ।
मृतक पार्वती रुचालकी जेठी छोरी यज्ञकुमारी रुचाल गत असार १४ गते सम्पन्न स्थानीय तह निर्वाचनबाट चौबिसे गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी हुन । उनी नेकपा एमाले धनकुटाकी सचिवालय सदस्यसमेत हुन ।