- रबिन कटेल/संगालोखबर

धनकुटा, १८ साउन । नेकपा एमालेका सचिव गोकर्ण बिष्टले कांग्रेस र माओवादीले पार्टीगत स्वार्थ पुरा गर्ने उद्धेश्यले राष्ट्रिय स्वाधिनता र स्वतन्त्रतालाई कमजोर बनाउँने गरी संबिधान संशोधन गर्न खोजिरहेको आरोप लगाएका छन ।

धनकुटामा बुधबार प्रेस चौतारी नेपाल प्रदेश नं. १ को बिस्तारित बैठक उद्घाटन कार्यक्रमलाई संबोधन गर्दै सचिव बिष्टले यस्तो बताएका हुन । जनताको नाम वेचेर जनतामाथि नै अन्याय हुँनेगरी कसैको स्वार्थमा ल्याईएको संबिधान संशोधन प्रस्तावलाई एमालेले कुनैपनि हालतमा पास हुन नदिने उनको दावी छ ।

‘संबिधान संशोधन गराएर ५ नम्बर प्रदेशको तराई र पहाडलाई छुट्याउँने, मातृभाषालाई ओझेल पारेर अन्य भाषालाई सरकारी कामकाजको भाषाको मान्यता दिने र स्थानीय तहको अधिकार कटौती गर्ने सड्यन्त्र भईरहेको छ ।’ बिष्टले भने ‘राष्ट्रिय स्वाधिनता र स्वतन्त्रतालाई कमजोर बनाउँने गरी ल्याईएको संबिधान संशोधन प्रस्तावलाई यथा अवस्थामा एमालेले कुनैपनि हालतमा पास हुन दिदैन ।’

कार्यक्रममा संबोधन गर्दै एमाले सचिव बिष्ट । तस्वीर: रबिन कटेल/संगालोखबर

अर्को देशको नागरिकता परित्याग नगरी नेपालको नागरिकता पाउँने वातावरण बनाउँन पनि संबिधान संशोधन गर्न खोजिएको उनको आरोप छ । जनताको नाममा संबिधान संशोधनको कुरा उठाएर मधेसका केही पार्टीको स्वार्थ र त्यसैको आधारमा कांग्रेस माओवादीले उठाउँन लागेको फाईदालाई एमालेले भण्डाफोर गर्ने बिष्टले बताए ।

जायज र जनताको हितका बिषयमा संबिधान संशोधन गर्न खोजिए त्यसमा एमाले सहमत हुने भएपनि कसैको नाजायज फाईदाका लागि जनताको हित विपरित काम गर्न एमाले तयार नरहेको सचिव बिष्टको भनाई छ । उनले यो प्रस्तावलाई अविलम्ब फिर्ता लिएर संबिधान संसोधनका लागि आवश्यकता र औचित्यको आधारमा एमालेसँग छलफल गर्न सरकारलाई आग्रह गरेका छन ।

जनताका हक अधिकार र समस्याको समाधान खोज्नका लागि भने एमाले हदैसम्मको लचकता अपनाउँन तयार रहेको उनले बताए ।     फरक प्रसंगमा एमाले मोर्चा संगठन प्रमुखसमेत रहेका बिष्टले २ नम्बर प्रदेशमा पनि एमाले पहिलो पार्टी बन्ने जिकिर गरेका छन । एमाले बिजयी भएमा मात्र जनताको हित हुने भएकाले जनताले एमालेलाई पहिलो पार्टी बनाउँने उनको भनाई छ ।

प्रेस चौतारी नेपाल प्रदेश नं. १ को बिस्तारित बैठक उद्घाटन कार्यक्रममा अतिथिहरु । तस्वीर: रबिन कटेल/संगालोखबर

कार्यक्रममा प्रेस चौतारीका केन्द्रिय अध्यक्ष गणेश बस्नेतले प्रेस चौतारी कामका हिसावले पत्रकारहरुको पहिलो संगठन भएको दावी गरे । एमाले केन्द्रिय सदस्य जीवन घिमिरेले पत्रकारितालाई ब्यवस्थित र मर्यादित बनाउँन प्रेस चौतारीले भूमिका खेल्नुपर्ने बताए ।

चौतारी महासचिव राजेश राईले पत्रकार महासंघको इतिहासमा दुई कार्यकाल चौतारीले नेतृत्व गर्दा उदाहरणीय काम गरेर देखाउँन सफल भएको जिकिर गरे । बैठकमा १ नम्बर प्रदेशका प्रेस चौतारी सम्वद्ध १ सय ५० भन्दा बढी पत्रकारहरु सहभागि थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!