- संगालोखबर सम्वाददाता

सप्तरी, २२ साउन । सप्तरीको सुरूङ्गा–६ मा गएराति प्रहरीको गाडीलाई लक्षित गरी कुकर बम बिष्फोट गराईएको छ । अज्ञात समुहले भित्री सडक खण्डमा राति करिव १० बजे गस्तीमा रहेको प्रहरीको गाडीलाई लक्षित गरी बम विस्फोट गराएको हो ।

Advertisement

सडकमा खाल्डो खनेर राखेको बम बिस्फोट हुँदा इलाका प्रहरी कार्यालय कडोरवानाबाट निस्केको गस्ती टोलीको गाडीमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक मुकेश सिंहले संगालोखबरलाई जानकारी दिए ।

उनका अनुसार घटनाको प्रकृति हेर्दा प्रहरीको गाडीलाई लक्षित गरी बम बिस्फोट गराईएको देखिन्छ ।  हालसम्म बिस्फोटको जिम्मा कसैले लिएको छैन । घटनाको बिषयमा अनुसन्धान गरेर बम बिस्फोट गराउँनेको खोजी भईरहेको प्रहरी प्रमुख सिंहले बताएका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!