धनकुटा, २५ साउन । धनकुटामा पनि बुधबार रोपाईजात्रा पर्व मनाईएको छ । जिल्ला सदरमुकाममा नेवार समुदायले हर्सोउल्लासपूर्वक यो पर्व मनाएका हुन ।
रोपाईजात्रामा महिलाले परुषको पोषाक र पुरुषले महिलाको पोषाक लगाएर निश्किएका थिए । अनुहार नचिनिने गरी बिभिन्न रंग दलेर नेवार समुदायका बालबालिका देखि युवा युवतीले बजारका बिभिन्न भागको परिक्रमा गरेका हुन ।
गोरु जोतेको र धान रोपेको अभिनय गर्दै रोपाई जात्रा मनाईएको हो । रोपाईजात्रा हेर्नका लागि बजारक्षेत्रका मानिसहरु सडकमा निश्किएका थिए । हरेक बर्ष गाईजात्राको भोलीपल्ट रोपाईजात्रा मनाउँने गरिन्छ ।