- संगालोखबर सम्वाददाता

धनकुटा, २० साउन । धनकुटाको चौबिसे गाउँपालिका–५ चौवाटेमा आज साँझ ट्याक्टर दुर्घटना हुँदा चालकसहित चार जना घाईते भएका छन ।

साविकको बोधे गाबिस–३ बाट बोधे–८ स्थित रम्देल गाउँतर्फ सल्लाको काठ लिएर जाँदै गरेको को १ त ६२२६ नम्बरको ट्याक्टर साँझ करिव ६ बजे चौवाटे भन्ने स्थानमा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

Advertisement

दुर्घटनामा परी चालक चौबिसे–५ का २० बर्षीय दिपेश बस्नेत, सोही स्थानका १९ बर्षीय सुनिल याखा, १८ बर्षीय अमृत याखा र २४ बर्षीय नविन तामाङ्ग घाईते भएका हुन ।

दुर्घटनाग्रस्त ट्याक्टर र घटनास्थलमा लडेका घाइतेहरु । तस्वीर: आधुनिक देवान

घाईतेहरुलाई बोधे स्थित स्वास्थ्य चौकीमा सामान्य उपचार गरी थप उपचारका लागि धरान स्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइएको बोधेका प्रहरी सहायक निरीक्षक लोकबहादुर खड्काले जानकारी दिए ।

घाईतेमध्ये तीन जनाको अवस्था गंभीर छ । २४ बर्षीय तामाङ्ग भने सामान्य घाईते छन । ट्याक्टर सडकबाट करिव ५० मिटर तल खसेको छ । ब्रेक फेल भएर ट्याक्टर पल्टिएको अनुमान गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!