- संगालोखबर सम्वाददाता

धनकुटामा आईतबार दिनभर बन्दको प्रभाव यस्तो रह्यो, भिडियो हेर्नुहोस् …

Advertisement

धनकुटा, २२ साउन । राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषद्ले आवहन गरेको बन्दका कारण आईतबार दिनभर धनकुटासहित अरुण पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित भएको छ ।

बि.स. १८३१ साउन २२ गते पृथ्वीनारायण शाहले नेपाल एकीकरणको नाममा लिम्बुवान राज्य खोसेको भन्दै परिषद्ले हरेक बर्ष साउन २२ गतेलाई ‘कालो दिन’ को रुपमा बन्द गर्दै आएको छ । अरुण पूर्वका नौ जिल्लालाई आत्मनिर्णयको अधिकारसहितको स्वयक्त लिम्बुवान राज्य घोषणा गरिनुपर्ने परिषद्को माग छ ।

परिषद्को बन्दका कारण धनकुटा, तेह्रथुम, संखुवासभा, ताप्लेजुङ्ग, पाँचथर, ईलाम, सुनसरी, मोरङ र झापाको जनजीवन प्रभावित भएको हो ।  बन्दका क्रममा नौ वटै जिल्लामा कुनै अप्रिय घटना नभएको पूर्व क्षत्रीय प्रहरी कार्यालयले जनाएको छ । क्षेत्रीय प्रहरी कार्यालयका अनुसार बन्दका कारण धनकुटा, इलाम, पाँचथर र ताप्लेजुङ्गको जनजीवन बढी प्रभावित भएको छ ।

त्यस्तै सुनसरी, मोरङ, झापा लगायत जिल्लामा भने फाटफुट मात्रामा सवारी साधन सञ्चालन भएका थिए ।  बिहान ५ बजेबाट साँझ ५ बजेसम्म बन्द आवहन गरिएको थियो । साँझ ५ बजेबाट भने सवारी सुचारु भएका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!