धनकुटा, २९ जेठ । धनकुटाको छथर जोरपाटी गाउँपालिका–४ बाट प्रहरीले दुई किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
सिधुवा प्रहरी चौकीबाट खटिएको ग्रामीण गस्ती टोलीले विशेष सुचनाका आधारमा स्थानीय ईन्द्रबहादुर अधिकारी र झपटबहादुर नेपालीको घरबाट एक/एक किलो गाँजा बरामद गरेको हो ।
उनीहरुको घरको माथिल्लो तलामा प्लाष्टिकले पोकामा लुकाएर राखिएको अवस्थामा गाँजा बरामद भएको धनकुटाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले संगालोखबरलाई जानकारी दिए ।
अधिकारी र नेपाली दुबैलाई नियन्त्रणमा लिएर घटनाको बिषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
धनकुटा प्रहरीले गत बिहिबार पनि स्थानीय बिहिबारे हटियाबाट ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेर सोमबार सार्वजनिक गरेको थियो ।