संगालोखबर सम्वाददाता

धनकुटा, २९ जेठ । आधुनिक खेतीप्रणाली विकास गर्न धनकुटा नगरपालिकाले किसानलाई अनुदानमा मिनीटिलर वितरण गरेको छ । नगर क्षेत्रका किसानको समूहलाई कार्यालयमा बोलाएर सातवटा मिनीटिलर बितरण गरिएको हो ।

Advertisement

नगरपालिकाको ८३ प्रतिशत अनुदान र स्थानीय कृषक समूहको लगानीमा नगरका सातवटा कृषि समूहलाई प्रतिगोटा ७३ हजार मूल्य पर्ने पाँच लाख ११ हजार बराबरका टिलर दिईएको हो ।

गोरुले जोतेर गरिने कृषि प्रणालिले जीविकोपार्जनमै समस्या भईरहेकाले आधुनिक प्रणालिको बिकास गर्न अनुदानमा मिनीटिलर बितरण गरिएको नगर प्रमुख चिन्तन तामाङले बताए ।

उनका अनुसार आगामी पाँच वर्ष भित्रमा गोरु पाल्ने किसानलाई मिनीटिलरबाट नै जोत्ने व्यवस्था गर्ने योजना अघि सारिएको छ ।

कृषि क्षेत्रमा ५० लाख बजेट विनियोजन गरेर थप आधुनिक कृषि उपकरण वितरण गर्ने योजना रहेको धनकुटा नगरपालिकाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!