निश्चल पोख्रेल/संगालोखबर

तेह्रथुम, २७ जेठ । तिनजुरे मिडिया ग्रुप प्रवास नेपालले उत्कृष्ठ कार्यसम्पादन गरेको भन्दै चार जना रेडियोकर्मीलाई सम्मान गरेको छ । लालिगुँरास नगरपालिकामा संचालित रेडियो तिनजुरेका कार्यक्रम संचालक तथा प्राविधिकलाई सम्मान गरिएको हो ।

Advertisement

 रेडियोका कार्यक्रम प्रस्तोता बिकास गुरुङ्ग, तुलसा श्रेष्ठ, प्राबिधिक रमेश ढकाल र भबिना गुरुङ्गलाई सम्मान गरिएको हो । कार्यक्रम प्रस्तोता गुरुङ्ग र श्रेष्ठलाई नगद दुई÷दुई हजारसहित प्रमाणपत्र प्रदान गरिएको छ ।

 रेडियोकर्मीलाई थप हौसला प्रदान गर्ने उद्धेश्यले सम्मान गरिएको तिनजुरे मिडिया ग्रुपका अध्यक्ष देव बास्कोटाले जानकारी दिए । उनका अनुसार आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिईनेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!