- ईश्वर थापा/संगालोखबर

धनकुटा, २८ जेठ । धनकुटाको कागतेमा सम्पन्न अन्तर वडा स्तरिय पुरुष भलिबल प्रतियोगिताको उपाधी वडा नं. ७ ले जितेको छ । फाईनल खेलमा वडा नं. ६ लाई ३–१ को सेटमा स्तब्ध बनाउदै वडा नं. ७ ले उपाधि जितेको हो ।

वडा नं. ७ ले २५–२२, २१–२५ २५–२३ र २५–२१ ले नतिजा आफ्नो पक्षमा पार्दै उपाधि जितेको हो । जितसँगै बिजेता वडा नं. ७ ले नगद २५ हजार र ट्रफि हात पारेको छ भने उपबिजेता वडा नं. ६ ले नगद १५ हजारमा चित्त बुझाएको छ ।

Advertisement

प्रतियोगितामा उत्कृष्ठ खेल प्रस्तुत गर्ने खेलाडीहरुलाई पनि पुरस्कृत गरियो ।

बिजेता टिम तथा खेलाडीलाई वडा नं. ३ का वडाध्यक्ष विकास घिमिरे, वडा नं. ६ वडाध्यक्ष नरेश श्रेष्ठ, वडा नं. १० वडाध्यक्ष कमल कार्की, आयोजक समृद्धि युवा क्लवका अध्यक्ष मोहन खानलगायतले पुरस्कार प्रदान गरेका थिए ।

यता वडा नं. ३ का पूर्व खेलाडी उद्धव श्रेष्ठ, दीपक गुरुङ्ग, ध्रुव थापा र नयन श्रेष्ठलाई पनि सोहि अवसरमा सम्मान गरियो ।

धनकुटा नगरपालिका वडा नं. ३ को सहयोगमा स्थानीय समृद्धी युवा क्लवले आयोजना गरेको प्रतियोगितामा उपाधिका लागि धनकुटा नगरका ७ वडाका टिमवीच प्रतिष्प्रधा भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!