- संगालोखबर सम्वाददाता

बिराटनगर, २९ जेठ । मुटुको चाल गढबढी सम्बन्धि उपचारका लागि बिराटनगरको नोबेल शिक्षण अस्पतालले मोफसलमै पहिलो पटक ईपी ल्याव सुरु गरेको छ । राजधानी बाहिरको पहिलो अर्थात नेपालको दोस्रो ल्यावको रुपमा नोबेलले ईपी ल्याव सञ्चालन गरी मुटुको चाल गढबढी सम्बन्धि रोगको दिगो उपचार थालेको हो ।

मुटुको चाल अत्याधिक बढ्ने समस्या भएका बिरामीले ईपी ल्याव अभाव हुँदा बर्षैदेखि नियमित औषधि सेवन गर्नुपर्ने बाध्यता थियो । यसअघि राजधानीको गंगालाल अस्पतालमा मात्र यो ल्याव रहेकाले उपचारका लागि महिनौ कुर्नुपर्ने समस्या थियो ।

Advertisement

तर, अव नोबेलले ईपी ल्याव सञ्चालन गरेपछि मुटुको चाल बढेर समस्या झेल्दै आएका बिरामीले सहज रुपमा उपचार पाउँने नोबेल अस्पतालका डा.राजेश नेपाल बताउँछन् । ‘ईपी ल्याव नहुँदा बिरामीले सधैभरी औषधि खाएर रोगको रोकथाम मात्र गर्नुपथ्र्यो ।’ डा.नेपाल भन्छन् ‘तर, अव सधैभरी समस्या पालेर बसिरहेका बिरामीले ईपी ल्यावमार्फत सहज रुपमा रोगबाट मुक्ति पाउँने वातावरण बनेको छ ।’

नोबेलमा ईपी ल्याबबाट बिरामीको उपचार गरिदै ।

सामान्य मानिसको मुटुको चाल ६० देखि १०० सम्म हुन्छ । तर, कतिपयको चाल २०० सम्म पुगेर दैनिक जिवननै प्रभावित हुने गर्छ । धेरै मानिसमा देखिने यो समस्याका कारण अत्याधिक मुटु दुख्ने, चक्कर लाग्ने, बेहोस होलाजस्तो हुने, वाकवाकी लाग्ने जस्ता समस्याले पीडा झेल्दै आएका हुन्छन् । सधै समस्या भईरहने र सहज उपचार नपाउँने समस्याका कारण यस्ता बिरामीले सस्ती बेहोर्दै आएका छन् ।

गंगालालले २०६१ सालमा ईपी ल्याव सुरु गरेपनि दक्ष जनशक्ति अभावले १४ बर्षसम्म पनि अन्य अस्पतालमा यो सेवा सुरु नभएको चिकित्सकहरु बताउँछन् । नोबेलले दक्ष जनशक्तिको ब्यवस्थापन गरी अमेरिकन मेसिन ल्याएर ईपी ल्याव सुरु गरेपछि बिरामीहरुबाट सकारात्मक प्रतिक्रिया आएकाले आफुहरु उत्साहित बनेको नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माको भनाई छ ।

नोबेलमा पहिलो दिननै ६ जनाले ईपी ल्यावबाट उपचार गराएका छन् । बिपन्न नागरिक औषधि उपचार कोषमार्फत पनि नोबेलले उपचार गर्दै आएकाले बिपन्न नागरिकले ईपी ल्यावबाट निःशुल्क उपचार पाएका छन् ।

मुटुको चाल बढेर ४ बर्षदेखि नियमित औषधि सेवन गर्दै आएका मोरङ सुन्दरहरैचाका हर्कबहादुर रसाईलीले नोबेलमा ईपी ल्यावबाट उपचार पाएर समस्या समाधान भएपछि खुःशी ब्यक्त गरे । उपचार गर्ने ठाउँ थाहा नपाउँदाको पीडा सुनाउँदै उनले भने ‘जहिल्यै मुटु दुखेर यत्तीकै मरिन्छ कि जस्तो लागेको थियो, अहिले आफ्नै ठाउँमा निःशुल्क उपचार पाउँदा धेरै राहत मिल्यो ।’

यता मोरङ वेलवारीका ईन्द्रबहादुर लिम्बुले पनि नोबेलमा सहजै उपचार पाउँदा बर्षैदेखिको पीडाबाट मुक्ति पाएको सुनाए ।

स्तरीय उपचारलाई प्राथमिकता दिदै आएको नोबेलले यसअघि २ अर्व ४० करोड लगानीमा दक्षिण पूर्वी एशियामै पहिलो पटक अत्याधुनिक न्यूरो सर्जरी सेवा सञ्चालन गरी जटिल रोगको पनि सहजै उपचार गर्दै आएको छ ।

नोबेललाई स्तरीय उपचारमा उदाहरणीय बनाउँदै सवै बर्गका बिरामीको रोजाईको केन्द्र बनाउँन आवश्यकता अनरुप सेवामा स्तरीयता बढाउँदै लगिएको अस्पतालका प्रवन्ध निर्देशक इन्दिरा शर्माको भनाई छ ।

भिडियो रिपोर्ट हेर्नुहोस्…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!