संगालोखबर सम्वाददाता

धनकुटा, २८ जेठ । सुचनाको हक संरक्षण, सम्र्बद्धन र प्रचलन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सोमबार धनकुटामा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालय र राष्ट्रिय सूचना आयोगसँगको सहकार्यमा नेपाल पत्रकार महासंघ धनकुटाको कार्यक्रम गरेको हो ।

Advertisement

कार्यक्रममा सहजकर्ता ज्ञानेन्द्र निरौलाले सुचनाको हक, संबैधानिक व्यवस्था लगायतका वारेमा जानकारी गराए ।

कार्यक्रममा पत्रकार महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष सञ्जयसन्तोषी राई, जिल्ला अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ, पूर्व जिल्ला अध्यक्ष खगेन्द्रप्रसाद घिमिरे, सल्लाहकार भेषराज कटेल, आदिबासी जनजाती पत्रकार महासंघका जिल्ला अध्यक्ष सन्तबीर लामा लगायतले सुचना दिन कञ्जुस्याँई भईरहेको बताए ।

सूचनाको हक सवै नागरिकका लागि भएकाले यसलाई सदुपयोग गर्न सुझाव दिदै उनीहरुले अझ पत्रकारलाई बढी उपयोगी हुने उल्लेख गरे ।

यसैवीच पत्रकार महासंघ प्रदेश १ को महिला उपाध्यक्षमा निर्वाचित स्मिता निरौला र सदस्य सन्तोष रुचाललाई सोहि कार्यक्रममा सम्मान तथा बधाई ज्ञापन गरिएको छ ।

सम्मानित भएपछि बोल्दै उपाध्यक्ष निरौलाले काधँमा जिम्मेवारी बढेकाले त्यसलाई पूरा गर्न लागिपर्ने प्रतिवद्धता जनाईन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!