- बिनोद बिष्ट/संगालोखबर

काठमाण्डौं, ३१ जेठ । धनकुटाका डिल्लीश्वर दर्नालका दुई वटा पुस्तक काठमाण्डौंमा बिमोचन गरिएको छ ।

Advertisement

नेपाल पुलिस क्लवमा कार्यक्रम गरी ‘नेपाली समाजको रूपान्तरण’ र ‘नेपालको ईतिहासमा बर्णाश्रम ब्यवस्था’ नामक पुस्तक बिमोचन गरिएको हो ।

कार्यक्रममा पूर्व मन्त्री एवं नेकपा स्थायी कमिटि सदस्य छबिलाल बिश्वकर्मा लगायतले सामुहिक रुपमा पुस्तक बिमोचन गरेका हुन् ।

पुस्तक बिमोचन गर्दै नेता विश्वकर्माले समाज रुपान्तरणका लागि अध्ययनसिल ब्यक्तिलाई उपयोगी पुस्तक रहेको बताए । यता प्रा.डा.यादब प्रकाश लमिछानेले अनुसन्धानात्मक र खोजमुलक पुस्तक रहेको टिप्पणी गरे ।

बर्णाश्रम ब्यवस्थामा भएका विभेदको सुरुवात, दवाईएका राम्रा पक्ष, मातृसत्तात्मक समाज ब्यवस्थालाई पितृसत्तात्मक बनाईएको, समाज रूपान्तरणका बाधक तत्व लगायतको बिषयलाई गहन अध्ययन गरी पुस्तक तयार गरेको लेखक दर्नालको भनाई छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!