छोरा नभएपछि धेरै सन्तान जन्माउन बाध्य

छोरा नभएपछि धेरै सन्तान जन्माउन बाध्य

बनियानी, झापा, २४ जेठ । कनकाई नगरपालिका–५ मण्डल बस्तीकी सीता मण्डल २५ वर्षकी हुनुहुन्छ । उमेरकै हिसाबले भर्खर बिहे गर्ने समय भएपनि उहाँले चार सन्तानलाई जन्म दिइसक्नु भएको छ । सानै उमेरमा अभिभावकले विवाह गरिदिएपछि उहाँ उमेर नहुँदै आमा बन्नुभयो । त्यसमा पनि चार सन्तानलाई जन्म दिइसक्नुभएकी उहाँले पाँचौँ सन्तान पनि जन्माउनु पर्ने बाध्यता आइपरेको छ । यो बाध्यताको कारण हो, उहाँका चारै सन्तान छोरी हुनु ...
विद्युत चोरी गरेको आरोपमा बीसजना पक्राउ

विद्युत चोरी गरेको आरोपमा बीसजना पक्राउ

राजविराज, २४ जेठ। यसैबीच, नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र, राजविराजले विद्युत् पोलमा अंकुश लगाई विद्युत चोरी गर्ने बीसजनालाई बुधबार साँझ पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रको संयुक्त अनुगमन टालीले जिल्लाको विभिन्न भागबाट २० जनालाई विद्युत् चोरी गरेको आरोपमा पक्राउ गरिएको प्राधिकरण केन्द्रका प्रमुख चन्द्रनारायण साहले बताउनुभयो । उहाँका अनुसार पक...
धनकुटामा धरौटी रकम तिर्न नसक्दा विप्लवका दुई कार्यकर्ता जेल चलान

धनकुटामा धरौटी रकम तिर्न नसक्दा विप्लवका दुई कार्यकर्ता जेल चलान

धनकुटा, २४ जेठ । धनकुटामा नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दुई कार्यकर्ता जेल चलान भएका छन् । जिल्ला अदालतले तोकेको जनही ३० हजार धरौटी तिर्न नसक्दा उनीहरु जेल चलान भएका हुन् । जिल्ला अदालतले नेकपा जिल्ला सदस्य विज्ञान भनिने मोहनप्रसाद ओझा र ध्यानबहादुर तामाङलाई धरौटी मागेको थियाे । उनीहरूलाई जिल्ला कारागार चलान गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्रब...
श्रीमतीको हत्या आरोपमा जन्मकैद

श्रीमतीको हत्या आरोपमा जन्मकैद

राजविराज, २४ जेठ। सप्तरीको बोदेबरसाइन नपा–३ का ४२ वर्षीय जयप्रकाश यादवलाई आफ्नै श्रीमतीको हत्या अभियुक्तमा जिल्ला अदालतले सर्वस्वसहित जन्मकैद सजाय गरेको छ । न्यायाधीश श्यामसुन्दर अधिकारीको एकल इजलासले हत्या आरोपित यादवलाई सर्वस्वसहित जन्मकैद सजाय गरेको अदालतले बुधबार जनाएको छ । ४० वर्षीया पत्नी ललितादेवी यादवको हत्या गरेको आरोपमा उनलाई सर्वस्वसहित जन्मकैद सजाय गरेको अदालतबाट बुझिएको छ । बोदेबरसा...
सर्पको डसाइबाट वडाध्यक्षको मृत्यु

सर्पको डसाइबाट वडाध्यक्षको मृत्यु

विराटनगर, २४ जेठ।  मोरङमा बुधबार राति ११ बजे विषालु सर्पको डसाइबाट एक वडाध्यक्षको मृत्यु भएको छ । धनपालथान गाउँपालिका–२ का वडाध्यक्ष ३५ वर्षीय बलिराम भगतको मृत्यु भएको इलाका प्रहरी कार्यालय, रंगेलीले जनाएको छ । उहाँ शौचका लागि घरबाट बाहिर निस्केपछि सर्पले डसेको थियो । गम्भीर अवस्थामा विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारको क्रममा उहाँको मृत्यु भएको हो ।
सशस्त्रको गाडीमा भेटिएको अवैध काठ प्रकरण : डिएसपीनै तस्करीमा

सशस्त्रको गाडीमा भेटिएको अवैध काठ प्रकरण : डिएसपीनै तस्करीमा

धनकुटा, २४ जेठ । सखुवाको अवैध काठ तस्करी गर्न सशस्त्र प्रहरीका डिएसपीले सशस्त्रकै गाडी प्रयोग गरेको तथ्य फेला परेको छ । धनकुटाको मुलघाटमा सशस्त्र प्रहरीकै गाडीबाट सोमबारराति सखुवाको अवैध काठ बरामद भएपछि काठ तस्करीमा सुरक्षा निकायकै संलग्नता पुष्टि भएको हो । संखुवासभाको चैनपुरबाट सखुवाको अवैध काठ बिराटनगर लैजादै गर्दा चैनपुर स्थित सशस्त्र प्रहरीको अरुण गुल्मको बा.१ ग.१६६९ नम्बरको गाडी मुलघाटबाट ...
जोरपाटीमा रक्तदान कार्यक्रम

जोरपाटीमा रक्तदान कार्यक्रम

धनकुटा, २३ जेठ । छथर जोरपाटी गाउँपालिकामा बुधबार रक्तदान कार्यक्रम गरिएको छ । छथर जोरपाटी गाउँपालिका स्वास्थ्य शाखा र नेपाल बंगलादेश बैंकको आयोजनामा रक्तदान गरिएको हो । विश्व वातावरण दिवस तथा नेपाल बंगलादेश बैंकको २४ औं वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदानबाट ९५ यूनिट रगत संकलन भएको कार्यक्रम संयोजक सुन्दरमान डंगोलले जानकारी दिए । नेपाल रेडक्रस सोसाइटीको सहयोग र रक्तसञ्चार सेवा केन्द्र धरानक...
कोशी अञ्चल अस्पताल सुधारमा महानगरपालिकाको सक्रियता

कोशी अञ्चल अस्पताल सुधारमा महानगरपालिकाको सक्रियता

विराटनगर, २३ जेठ । महानगरपालिकाले कोशी अञ्चल अस्पतालको समन्वयमा अस्पताल सुधार अभियान सञ्चालन गरेको छ । अस्पताल प्रशासनसँगको समन्वयमा बच्चा वार्ड, फोहरमैला व्यवस्थानका साथै भौतिक संरचना सुधारका लागि तत्काल सुधार अभियान सञ्चालन गरिने भएको हो । महानगरले अस्पतालको आसपासको क्षेत्रमा आज पनि सरसफाइ अभियान सञ्चालन गरेको छ । विराटनगर महानगरका प्रमुख भीम पराजुलीले अस्पताललाई क्रमशः सुधार गरिँदै लगिने बत...
प्रहरीद्वारा भेटिएको रकम फिर्ता

प्रहरीद्वारा भेटिएको रकम फिर्ता

विराटनगर, २३ जेठ । इलाका प्रहरी कार्यालय, रानीका प्रहरी सहायक निरीक्षक लोकप्रसाद दुलालले बेवारिसे अवस्थामा भेटिएको रकम सम्बन्धित व्यक्तिलाई मंगलबार फिर्ता गर्नुभएको छ । विराटनगर–१५ स्थित भन्सार ढाटमा ड्युटीमा खटिनुभएको बेलामा सो रकम भेटिएको थियो । विराटनगर–१० बस्ने डा क्षितिज गिरीलाई सो रकम मंगलबार फिर्ता गरिएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ । इलाका प्रहरी कार्यालय रानीले समाजिक सञ्जाल...
भोजपुरको अरुण गाउँपालिकाका जनप्रतिनिधिले अव अनिवार्य राष्ट्रीय पोशाक लगाउँने

भोजपुरको अरुण गाउँपालिकाका जनप्रतिनिधिले अव अनिवार्य राष्ट्रीय पोशाक लगाउँने

भोजपुर, २३ जेठ । भोजपुरको पूर्वी क्षेत्रको अरुण गाउँपालिकाका स्थानीय जनप्रतिनिधिलाई अनिवार्यरुपमा राष्ट्रिय पोशाक लगाउन भनिएको छ । स्थानीय सरकारका प्रमुख एवं गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर कार्कीले गाउँ कार्यपालिकाको बैठकमा यस्तो निर्णय गराउनुभएको हो । गाउँपालिकालाई अनुशासित र मर्यादित बनाउन अनिवार्य राष्ट्रिय पोशाकका रुपमा पुरुषले दौरा सुरुवाल र महिलाले साडी चोलो लगाउनुपर्ने व्यवस्था गरि...
कोशी गापामा चारसय चल्लाको मृत्यु, बर्डफ्लुको आशंका

कोशी गापामा चारसय चल्लाको मृत्यु, बर्डफ्लुको आशंका

इनरुवा, २३ जेठ । सुनसरीको कोशी गाउँपालिका–६ मा एक कुखुरापालक किसानका ४०० चल्ला मरेका छन् । स्थानीयवासी उपेन्द्र यादवले सोमबार राति चल्ला ल्याएको र मंगलबार बिहान एक–दुई गर्दागर्दै भकाभक चल्लाको मृत्यु भएको स्थानीय प्राविधिक पप्पु पाठकले जानकारी दिनुभयो । यादवले कैलाशपति ह्याचरी चितवनबाट ल्याएको चल्ला मधुवनका वासु श्रेष्ठसँग खरीद गरेका थिए । यहाँ ४०० चल्ला एकैचोटी मरेकाले स्थानीयवासी र पशु प्राव...
धनकुटामा यसरी मनाइयो विश्व वातावरण दिवस (फोटो फिचरसहित)

धनकुटामा यसरी मनाइयो विश्व वातावरण दिवस (फोटो फिचरसहित)

धनकुटा, २२ जेठ । धनकुटामा मंगलवार बिभिन्न कार्यक्रम गरेर विश्व वातावरण दिवस मनाइएको छ । दिवसको अवसरमा धनकुटा बजार, हिले लगायत स्थानमा बृक्षरोपण, सरसफाई लगायत कार्यक्रम गरिएको हो । हिले माविमा गिंगोबाइबल र म्यापल रोपियो हिले माविको हाताभित्र गिंगोबाइबल र म्यापलका बिरुवा रोपिएको छ । ‘एक विद्यार्थी एक फूल र एक शिक्षक एक फलफूल बिरुवा रोपण’ अभियान बनाई अभियान सार्थक पार्न बिरुवा रोपण गरिएको बिद्य...
धनकुटेलीका धारामा लेदो आएपछि यसरी गरियो प्रदर्शन (भिडियोसहित)

धनकुटेलीका धारामा लेदो आएपछि यसरी गरियो प्रदर्शन (भिडियोसहित)

धनकुटा, २२ जेठ । धारामा नियमित खानेपानी नआउने र आउँदा पनि लोदोसहितको धमिलो पानी आएर समस्या झेल्दै आएका धनकुटा नगरबासीले मंगलवार नगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालयमा धर्नासहित प्रदर्शन गरेका छन् । भिडियो हेर्नुहोस्... बिस्तृत जानकारीका लागि यो समाचार पढ्नुहोस्... धनकुटेलीका धारामा लेदोसहितको धमिलो पानी !
धनकुटेलीका धारामा लेदोसहितको धमिलो पानी !

धनकुटेलीका धारामा लेदोसहितको धमिलो पानी !

धनकुटा, २२ जेठ । धारामा नियमित खानेपानी नआउने र आउँदा पनि लोदोसहितको धमिलो पानी आएर समस्या झेल्दै आएका धनकुटा नगरबासीले मंगलवार नगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालयमा धर्नासहित प्रदर्शन गरेका छन् । उपभोक्ता समितिको ध्यानाकर्षणका लागि धमिलो पानीको बोतलसहित उपभोक्ताहरु खानेपानी कार्यालय पुगेका थिए । उनीहरुले शुद्ध खानेपानी पाउनुपर्ने माग गर्दै कार्यालयमा धर्नासहित केहि समय प्रदर्शन ग...
धनकुटा बजार नजिक बनमा आगलागी

धनकुटा बजार नजिक बनमा आगलागी

धनकुटा, २२ जेठ । धनकुटा बजार नजिकको जंगलमा आगलागी भएको छ । धनकुटा नगरपालिका–७ स्थित रेशमखेति बिकास कार्यालय तल्तिरको जंगलमा आगलागी भएको हो । आज दिउँसो करिव ३ बजेबाट सुरु भएको आगलागी अझै नियन्त्रण हुन सकेको छैन । नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासीले आगो नियन्त्रणको प्रयास जारी राखेका छन् । हावाहुरीका कारण आगो नियन्त्रणमा समस्या भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ...
अठ्चालीसौँ विश्व वातावरण दिवसका अवसरमा ९०० विरुवा रोपियो

अठ्चालीसौँ विश्व वातावरण दिवसका अवसरमा ९०० विरुवा रोपियो

इटहरी, २२ जेठ । अठ्चालीसौँ विश्व वातावरण दिवसका अवसरमा आज सुनसरी जिल्लाका विभिन्न स्थानमा सरसफाइ एवं वातावरण संरक्षणसम्बन्धी सचेतना अभियानसँगै १२ स्थानीय तहले आआफ्नै क्षेत्रमा वृक्षरोपण एवं वातावरण संरक्षण सम्बन्धमा सचेतनमूलक कार्यक्रम सञ्चालन गरेका छन् । जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सुनसरीको योजनामुताबिक इटहरी उपमहानगरपालिका–१२ स्थित खनारको सुनसरी मोरङ सिँचाइ आयोजनाको नहरका डिल क...
धनकुटाका युवाले आविष्कार गरे आधुनिक सूचना यन्त्र (भिडियोसहित)

धनकुटाका युवाले आविष्कार गरे आधुनिक सूचना यन्त्र (भिडियोसहित)

धनकुटा, २२ जेठ । धनकुटाको सहिदभूमि गाउँपालिकाका एक युवाले आधुनिक सूचना यन्त्र आविष्कार गरेका छन् । सहिदभूमि–४ खोकुका २३ बर्षीय कोखमान राईले सीसी क्यामेराको सट्टामा प्रयोग गर्न र सुरक्षा सर्तकर्ता अपनाउँन उपयोगी फरक प्रकारको सूचना यन्त्र निर्माण गरेका हुन् । यो यन्त्रलाई राईले अटोमेटीक फोन रिडायल सिस्टम (एपीआरएस) नाम दिएका छन् । काठका टुक्रा, टिनका पाता, डीसी मोटर, रबरका पाङ्ग्रा लगायत सामान मिल...
भोजपुर- काठमाडौँ हवाई उडान पुन सुचारु

भोजपुर- काठमाडौँ हवाई उडान पुन सुचारु

भोजपुर, २२ जेठ । आजदेखि भोजपुर—काठमाडौँ हवाई उडान पुन सुचारु हुने भएको छ । नेपाल वायुसेवा निगमले नयाँ भाडादर लागू गरेसँगै पुनः उडान सुचारु हुने भएको हो । हवाई सेवाको भाडादर भने रु एक हजार ३५० ले वृद्धि भएको छ । राष्ट्रिय ध्वाजाबाहक निगमले इन्धनको मूल्यवृद्धि गरेकोे भन्दै भोजपुरदेखि काठमाडौँको पनि भाडा बढाएको वायुसेवा निगम भोजपुरका प्रमुख नारायण पुरीले जानकारी दिनुभयो । बढेको भाडासहित काठमाडौँ—...
धरानमा तीनदिने इष्ट ट्रिजम मार्ट हुने

धरानमा तीनदिने इष्ट ट्रिजम मार्ट हुने

इटहरी, २२ जेठ । प्रदेश १ को पर्यटन प्रवद्र्धन गर्नका लागि धरान उपमहानगरपालिकामा तीन दिवसीय ‘इष्ट टुरिजम मार्ट–२०१८’ यही जेठ २४ देखि शुरु हुने भएको छ । नेपाल पर्यटन बोर्डको आयोजना तथा धरान उपमहानगरपालिकाको स्थानीय संयोजनमा काठमाडौँ बाहिर पहिलो पटक प्रदेश १ कै पर्यटकीय सुन्दर शहर धरानमा मार्ट (व्यापार मेला) को आयोजना हुन लागेको सोमबार जानकारी दिइएको हो । धरान–१० स्थित सैनिक भवन परिशरमा हुने मार्...
चिनियाँलाई तमोर दिन सरकारकाे तरखर

चिनियाँलाई तमोर दिन सरकारकाे तरखर

काठमाडौँ, २२ जेठ । खोलानाला विदेशीलाई सुम्पने पुरानै शैली पछ्याउँदै केपी शर्मा ओली नेतृत्वको सरकारले तमोर चिनियाँलाई दिने तरखर गरेको छ । हालसम्म पहिचान भएकामध्ये सबैभन्दा सस्तो र आकर्षक जलाशययुक्त तमोर जलविद्युत्त आयोजना (७ सय ६२ मेगावाट) सरकारले विद्युत्त प्राधिकरणको हातबाट झिकेर एक चिनियाँ कम्पनीलाई दिने तयारी थालेको  छ । यो आयोजना अति सस्सतो भएकाले आयोजनास्थल प्रदेश नं. १ का स्थानीय दलका नेत...
‘प्रदेश सरकारका विज्ञापन स्थानीय संचारमाध्यमलाई’

‘प्रदेश सरकारका विज्ञापन स्थानीय संचारमाध्यमलाई’

विराटनगर, २१ जेठ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारका विज्ञापन र सूचना स्थानीय सञ्चारमाध्यमलाई प्रदान गरिने नीति बनाइने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ १ नं प्रदेश समितिले आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाएको सुझाव ग्रहण गर्दै उहाँले स्थानीय सञ्चारमाध्यमको विकास, प्रवद्र्धन र श्रमजीवी पत्रकारको हितका विषय प्रदेश सरकारको नीति कार्यक्रममा समेटिने जानकारी दि...
सुकिलुम्बाबाट सफल भयो परीक्षण उडान

सुकिलुम्बाबाट सफल भयो परीक्षण उडान

इलाम, २१ जेठ । निर्माणाधीन सुकिलुम्बा विमानस्थलबाट आज सफल परीक्षण उडान भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले यहाँबाट गरेको परीक्षण उडान सफल भएको हो । तारा एयरको विमान करीब १२ बजे सुकिलुम्बा विमानस्थलमा अवतरण हुँदा उपस्थित स्थानीय हर्षित भएका थिए । परीक्षण उडान हेर्नका लागि सयौँ नागरिक बिहानैदेखि विमानस्थल पुगेका थिए । विमान चालकद्वय प्रभाकर घिमिरे र सञ्जिव मिश्रलाई सफल उडान गरेको भन्दै जिल्...
धनकुटाको बिकासका लागि मुख्यमन्त्रीलाई ज्ञापनपत्र, मुख्यमन्त्रीले दिए यस्तो आश्वासन

धनकुटाको बिकासका लागि मुख्यमन्त्रीलाई ज्ञापनपत्र, मुख्यमन्त्रीले दिए यस्तो आश्वासन

विराटनगर, २१ जेठ । धनकुटाको बिकासका लागि जिल्लाबासीले मुख्यमन्त्री शेरधन राईलाई ज्ञापनपत्र बुझाएका छन् । हरेक हिसावले उपयुक्त भएपनि धनकुटालाई प्रादेशिक राजधानी नबनाईएको प्रति बिरोध जनाउँदै आएका जिल्लाबासीले मुख्यमन्त्री राईसमक्ष ज्ञापनपत्र बुझाउँदै जिल्लाको बिकासमा ध्यान दिन आग्रह गरेका हुन् । धनकुटा बजार ब्यवस्थापन समितिको अगुवाईमा बिराटनगर पुगेको धनकुटेलीको टोलीले प्रादेशिक राजधानी नबनाईदा धन...
खोटाङका सबै स्थानीय तह बैंकिङ पहुँचमा जोडिँदै

खोटाङका सबै स्थानीय तह बैंकिङ पहुँचमा जोडिँदै

खोटाङ, २१ जेठ । जिल्लाका सबैजसो स्थानीय तहमा बैंकिङ सुविधा विस्तार हुने भएपछि स्थानीयवासीलाई सहज भएको छ । स्थानीय तह कार्यान्वयनमा आए पनि बैंकिङ सेवा नहुँदा सदरमुकाम धाउनुपर्ने अहिलेको अवस्थामा क्रमशः स्थानीय तहमै बैंकिङ सेवा विस्तार हुँदै गएपछि सहजता आएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा पर्ने सदरमुकाम दिक्तेल बजारमा मात्र केन्द्रित बैंकहरु पछिल्लो समय खोटेहाङ गाउँपालिका, हलेसी तुवाच...
धनकुटामा हस्तकला प्रशिक्षण कार्यशाला

धनकुटामा हस्तकला प्रशिक्षण कार्यशाला

धनकुटा, २१ जेठ । धनकुटामा हस्तकला प्रशिक्षक उत्पादन गर्ने उदेश्यले हस्तकला प्रशिक्षण कार्यशाला सञ्चालन गरिएको छ । हाम्रो बहुमुखी पाठशालाको स्थानीय व्यवस्थापन सहयोग तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, हस्तकला विभागको आयोजनामा आईतबारबाट चार दिने कार्यशाला सुरु भएको हो । कार्यक्रममा कपडाको फ्लोवर भेष हस्तकला प्रशिक्षण हुने हाम्रो बहुमुखि पाठशालाका संयोजक सरोज भूजेलले जानकारी दिए । कार्यक्रममा...
वडा कार्यालय निर्माणका लागि करोडौँको जग्गा प्राप्त

वडा कार्यालय निर्माणका लागि करोडौँको जग्गा प्राप्त

दमक, २१ जेठ । झापाको दमक नगरपालिका–२ को वडा कार्यालयलाई रु दुई करोड मूल्य बराबरको १० कट्ठा जग्गा प्राप्त भएको छ । वडा कार्यालयको भवन निर्माणका लागि दमक–२ का दाता नेत्रप्रसाद दाहाल, उद्धवप्रसाद दाहाल, भवानीशंकर खनाल, प्रथम धिमाल, कमल धिमाल, रत्न धिमाल र दमक–५ का योगन्द्रप्रसाद दुलाल र हेमनाथ पौडे्लले संयुक्तरुपमा रु दुई करोड मूल्य पर्ने १० कट्ठा जमिन दिनुभएको हो । दाताले कम्तीमा आठ धुरदेखि दुई क...
ताप्लेजुङ कारागारमा क्षमताभन्दा तीन गुना बढी कैदीबन्दी

ताप्लेजुङ कारागारमा क्षमताभन्दा तीन गुना बढी कैदीबन्दी

ताप्लेजुङ, २१ जेठ । क्षमताभन्दा तीन गुना बढी कैदीबन्दी भएपछि जिल्ला कारागार ताप्लेजुङमा समस्या देखिएको छ । २५ जनाको क्षमता रहेको कारागारमा अहिले ९१ जना कैदीबन्दी रहेका छन् । क्षमताभन्दा बढी कैदीबन्दी भएपछि शौचालय, खानेपानी, भान्छा प्रयोगमा समस्या देखिएको छ भने सुत्नलाई समेत समस्या हुने गरेको निमित्त कारागार प्रमुख धनिराम सिंहले बताए । कारागारमा छ वटा मात्रै आवास कोठा रहेका छन् । साँघुरो ठाउँमा...
बोक्सीको आरोपमा कुटपिट गर्ने तीन पक्राउ

बोक्सीको आरोपमा कुटपिट गर्ने तीन पक्राउ

इटहरी, २१ जेठ । सुनसरी जिल्लाको सदरमुकाम इनरुवासँग सीमा जोडिएको दक्षिणी क्षेत्रमा रहेको हरिनगरकी एक महिलाले छोरीलाई लोगेको रोग निको पार्न पूजापाठ गर्दा बोक्सी भन्दै कु्टपिट गर्ने गढी गाउँपालिका–४ का तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । मन्दिरका पुजारीले छोरीलाई देवी देउता लागेका भन्दै स्थानीय मन्दिरमा पूजा गर्न भनेबमोजिम पूजा गर्दैगर्दा गढी निव...
झापामा १९ वटा खोप केन्द्रको भवन बन्दै

झापामा १९ वटा खोप केन्द्रको भवन बन्दै

झापा, २१ जेठ । झापामा १९ वटा खोप केन्द्रको भवन निर्माण हुने भएको छ । जिल्लाका १५ स्थानीय तहमा खोप केन्द्रको भवन निर्माणका लागि स्वास्थ्य मन्त्रालयले बजेट उपलब्ध गराएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका खोप अधिकृत ईश्वरी पौडेलले जानकारी दिनुभयो । उहाँ अनुसार मन्त्रालयले १९ वटा खोप केन्द्रको भवन निर्माणका लागि रु तीन लाखका दरले रु ५७ लाख उपलब्ध गराएको छ । “गाउँपालिका र नगरपालिकाले जग्गाको व्यवस...
नोबेल अस्पताल सञ्चालक एवं समाजसेवी डा.शर्मालाई काठमाण्डौंमा सम्मान (भिडियोसहित)

नोबेल अस्पताल सञ्चालक एवं समाजसेवी डा.शर्मालाई काठमाण्डौंमा सम्मान (भिडियोसहित)

काठमाण्डौं, २० जेठ । स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएवापत बिराटनगरको नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्मालाई सम्मान गरिएको छ । सुलभ मिडिया प्रा.लि.द्वारा सञ्चालित मकालुखबर अनलाईनको प्रथम बार्षिकोत्सवको अवसर पारेर राजधानीमा डा.शर्मालाई सम्मान गरिएको हो । कार्यक्रममा शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्री गिरीराजमणी पोख्रेल र मकालुखबरका अध्यक्ष फिलिप डिसीले सम्मानप...
उर्लाबारीमा फोहोर व्यवस्थापन चुनौती बन्दै

उर्लाबारीमा फोहोर व्यवस्थापन चुनौती बन्दै

उर्लाबारी, मोरङ, २० जेठ । फोहोर व्यवस्थापन जग्गा (ल्याण्डफिल साइट)को अभाव भएपछि यहाँस्थित उर्लाबारी नगरको फोहोर निजी जग्गामा व्यवस्थापन गरिएकोे छ । बढ्दो जनघनत्व र बजार विस्तारका कारण मोरङको दोस्रो ठूलो शहरको रुपमा परिचित उर्लाबारीमा फोहोर बढदै गएको तर विसर्जन गर्ने ल्याण्डफिल साइटको अभाव भएको हो । उर्लाबारी नगपालिकाको फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी पाएको मेची महाकाली इन्भाइरोमेन्ट केयर प्र...
error: Content is protected !!