- ईश्वर थापा/संगालोखबर

धनकुटा, ३० जेठ । धनकुटा नगरपालिका–२ भीरगाउँका गोविन्द निरौलाले बिपन्न परिवारका दुई बालिकाको पढाई खर्च बेहोर्ने भएका छन् । निरौलाले पाख्रीवास–२ का सात वर्षीया स्वस्तिका समाल र नौ वर्षीया जयन्ती समाललाई सदरमुकाममा ल्याएर आफै खर्च बेहोरी पढाईदिने भएका हुन् ।

Advertisement

धनकुटा ईन्स्टिच्यूट अफ हेल्थ साईन्सको प्रशासकीय अधिकृतसमेत रहेका निरौलाले धनकुटाको गोकुण्डेश्वर बालमन्दिर माध्यमिक विद्यालयको कक्षा २ मा स्वस्तिकालाई र कक्षा ४ मा जयन्तीलाई भर्ना गराएका छन् ।

दुवै जनाको कक्षा १० सम्म विद्यालय पोशाक, शैक्षिक सामाग्री र खाजा लगायत सवै खर्च निरौलाले बेहोर्ने भएका हुन् ।

पढाईका लागि आवश्यक खर्च अभाव हुँदा उनीहरु स्कुल जाँन नसक्ने अवस्था रहेकाले आफुले खर्च बेहोरेर पढाउँन सुरु गरेको निरौलाले बताए ।

कमजोर आर्थिक अवस्थाकै कारण शिक्षाबाट बन्चित बन्न नपरोस भनेर बालिकाको अभिभावकत्व ग्रहण गरेको भन्दै निरौलाले बिपन्न बालबालिकालाई आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!