- संगालोखबर सम्वाददाता

धनकुटा, २८ जेठ । धनकुटा प्रहरीले लागूऔषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा–१ कुवापानीका २५ बर्षीय सुमन तामाङ, वडा नम्बर ५ का २६ बर्षीय निश्चल तिवारी र वडा नम्बर ७ का २४ बर्षीय केनेडी राई छन् ।

जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो ।

सादा पोसाकमा खटिएको टोलीले बिहीबार बिहान करिब ४ बजे धनकुटाको बिहीबारेहाटबाट उनीहरुलाई पक्राउ गरेको धनकुटाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए ।

उनका अनुसार तामाङको साथबाट १६ पोका अर्थात ४ ग्राम ५० मिलीग्राम ब्राउन सुगरसहित नगद ६ हजार २ सय वरामद भएको छ । त्यस्तै तिवारीको साथबाट ५ पोका अर्थात ५ ग्राम ४० मिलीग्राम ब्राउन सुगर बरामद भएको छ ।

उनीहरुले प्रयोग गरेको को.४ प.६३३८ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका तीनै जनालाई लागुऔषध नियन्त्रण ऐन बमोजिम मुद्दा दायर गरेर अदालतबाट ५ दिने म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!