- संगालोखबर सम्वाददाता

धनकुटा, २७ जेठ । धनकुटाको काबेली बिकास बैक र तेह्रथुम बसन्तपुरको माउन्ट मकालु डेभलपमेन्ट बैंकले एकीकृत कारोबार सुरु गरेका छन् । धनकुटामा आईतबार पत्रकार सम्मेलन गरी कावेली बैंकले माउन्ट मकालुलाई प्राप्तीपछि एकिकृत कारोवार सुरु भएको जानकारी दिईएको हो ।

२०६४ पुस १ गते स्थापना भएको काबेली र २०६७ श्रावण २ गते स्थापना भएको माउन्ट मकालुले एक बर्ष अघिदेखि एकीकृत कारोवारका लागि प्रकृया अघि बढाएका थिए ।

१३ महिनाको प्रयासपछि राष्ट्र बैंकको नीति अनरुप एकीकृत कारोवार सुरु गरिएको काबेली बैकका अध्यक्ष गोपालप्रसाद काफ्लेले बताए ।

काबेली बैंकले गरेको पत्रकार सम्मेलन । तस्वीर :संगालोखबर

बैंकको नाम कावेली र प्रधान कार्यालय पनि धनकुटानै रहनेछ । शाखा थपिएर ७ वटा पुगेका छन् । यसअघि धनकुटामा कावेलीका ४ र तेह्रथुममा माउन्ट मकालुका २ शाखा थिए ।

यता कावेलीका ४ र माउन्ट मकालुका २ सदस्य गरी ६ सदस्य बैंक सञ्चालक तदर्थ समिति निर्माण गरिएको छ ।

गोपालप्रसाद काफ्ले, जनार्दन घिमिरे, गणेश बराल, कृष्णप्रसाद दाहाल, तिलविक्रम चेम्जोङ र लीलबहादुर रोगु सञ्चालक समितिमा छन् ।

तत्काल धनकुटा र तेह्रथुममा कारोवार गर्ने भएपनि आगामी आर्थिक बर्षदेखि ५ जिल्लामा कारोवार बिस्तार गर्ने तयारी भईरहेको काबेली बैंकका प्रमुख कार्यकारी अधिकृत सैलेन्द्रवादे श्रेष्ठले जानकारी दिए ।

अनलाईन बैंङ्किग र आईपीएस सेवा सुरु

यसैवीच कावेली बिकास बैंकले अनलाईन बैंङ्किग र आईपीएस सेवा सुरु गरेको छ । अनलाईनबाट स्टेटमेन्ट चेक गर्ने लगायत काम गर्न मिल्ने गरी अनलाईन बैंङ्किग सेवा सुरु गरिएको हो ।

यता कावेली बैंकबाट जुनसुकै बैंकको खातामा रकम जम्मा गर्न मिल्ने (आईपीएस) सेवा पनि सुरु गरिएको बैंकका जनसम्पर्क प्रमुख मोहन ढुंगेलले जानकारी दिए । ग्राहकको सेवा र सहजतालाई मध्यनजर गर्दै अझ ब्यवस्थित गर्दै लगिने काबेली बैंकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!