राजविराज, २६ जेठ। बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक जना वृद्धलाई प्रहरीले आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–१ बस्ने ६५ वर्षीय सिंहेश्वर पाण्डे रहेकको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ । पाण्डेले बिहीबार सोही ठाउँ बस्ने १३ वर्षीया बालिकालाई भैँसी चराउन गएको बेला जबर्जस्ती करणी गरेको पीडितले आरोप लगाएका छन् ।

Advertisement

बालिकाको बुबाले यस सम्बन्धमा इलाका प्रहरी कार्यालय भारदहमा जाहरी दर्ता गराइएको प्रहरीले जनाएको छ । यता यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!