- संगालोखबर सम्वाददाता
फाईल तस्वीर

धनकुटा, २९ जेठ । धनकुटाको महालक्ष्मी नगरपालिकामा प्रहरीले गाँजा फडानी गरेको छ । महालक्ष्मी–७ अर्खौलेका कमला बुढाथोकी, रामचन्द्र पौडेल, धनबहादुर श्रेष्ठ र हिरा पराजुलीको बारीमा रहेको गाँजा फडानी गरिएको प्रहरीले जनाएको छ ।

गाँजा फडानीका लागि जीतपुर प्रहरी चौकीबाट टोली गएको थियो ।

करिब एक हजार गाँजाका बोट फडानी गरिएको धनकुटाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए । स्थानीय प्रतिष्ठित ब्यक्तिहरुको रोहबरमा गाँजा फडानी गरी जलाएर नष्ट गरिएको जीतपुर प्रहरीले जनाएको छ ।

यता जिल्लाको छथर जोरपाटीबाट प्रहरीले दुई किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!