मोरङ, १५ असोज । एक नम्बर प्रदेशको नाम र राजधानीको बिषय टुंग्याउन एक नम्बर प्रदेश नेकपा संसदिय दलको बैठक विराटनगरको एक रिसोर्टमा सोमवार शुरु भएको छ ।
प्रदेशको नाम र राजधानीको विषयमा चर्को बहस शुरु हुन थालेपछि संसदिय दलको बैठक शुरु भएको स्रोतको भनाई छ । मुख्यमन्त्री शेरधन राईले आन्तरिक गृहकार्य गर्दै मन्त्रालय छर्ने तथा प्रदेश सभा ईटहरी सार्ने तयारी गरेको विषयले चर्चा चुलिरहेको बेला संसदिय दलको बैठक शुरु भएको हो ।
प्रदेशको नाम र राजधानीको बारेमा प्रदेशसभामा दुई तिहाइ बढी मत रहेको नेकपा भित्रै मतान्तर समेत भइरहेको छ । तर नेकपाले त्यसको टुङ्गो लगाउन संसदीय दलको बैठक बोलाएको छ ।
संसदीय दलको बैठकमा प्रदेशको नाम र राजधानीको टुंगो लाग्न सक्ने नेकपा संसदीय दलका सचेतक बुद्धिकुमार राजभण्डारीले बताए । संसदिय दलको बैठकमा सबै संसदहरुलाई उपस्थितिका लागि अनिवार्य गरिएको छ । संसदिय दलको बैठक मंगलबारसम्म चल्ने छ ।