संगालोखबर सम्वाददाता

धनकुटा, १५ असोज । धनकुटाको साँगुरीगढी गाँउपालिकामा सोमबार भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ।

Advertisement

साँगुरीगढी गाँउपालिका वडा नं. १० ताम्राङबाट सुनसरीको धरान तर्फ जाँदै गरेको को १ ज १८२१ नम्बरको जीप साँगुरीगढी गाँउपालिका वडा नं. ९ हर्दियामा दुर्घटना हुँदा २ जनाको घटनास्थल मै मृत्यु भएको हो।

दुर्घटनामा परि मृत्यु हुनेहरुमा साँगुरीगढी गाँउपालिका वडा नं. १० की ३९ वर्षिया सनमाया राई र पाँचथर जिल्ला घर भई साँगुरीगढी गाँउपालिका वडा नं. १० मा छोरी ज्वाईसँग बस्दै आएकी ६१ वर्षिया देवीमाया सुनुवारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सुरेन्द्र गुरुङले जानकारी दिए।

दुर्घटनामा परि अन्य १४ यात्रु घाईते भएका छन। उनीहरुलाई उपचारको लागि सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको एसपी गुरुङले जानकारी दिए। जीप सोमबार बिहान करिब सवा १० बजे अनियन्त्रीत भई दुर्घटना भएको प्रहरीले जनाएको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!