प्रेम देवान/संगालोखबर

मोरङ, १५ असोज । विश्व शान्ति फेडेरेशन नेपालले १. नं. प्रदेश स्तरीय गाउ“पालिका र नगरपालिकाका मेयरहरु बिच विकास साझेदार समन्वय गर्न विराटनगरमा मेयर कन्फेरेन्स गरेको छ ।

Advertisement

१ नं. प्रदेशका मुख्यमन्त्रि शेरधन राईले उद्घाटन गर्दै विश्वशान्ति अभियान आजको आवश्यकता सबै नेपालीले महसुस गर्न थालेका बताएका छन् । प्रदेशले छिटै नाम र राजधानी पाउने छ यस बारे ब्यापक छलफल हुन थालको मुख्य मन्त्रि राईले बताए ।

प्रदेश १ को अस्थायी राजधानी बिराटनगरमा १४ वटा जिल्लाका मेयर र उपमेयरहरुको परिवार सहितको सहभागिता थियो । पारिवारीक मिलन गराउने साथै पारिवारीक मुल्य मान्यता र असल संस्कारलाई नेपाली समाजले मान्यता स्थापित गराउन आजको आबश्यकता रहेको संस्थाका महासचिब विनोद डा“गीले बताए ।

कार्यक्रममा स्थानीय निकायमा गरिने बिकासको मोडल र नयां सबिधानले दिएको स्थानीय निकायलाई कानुनबारे मेयर तथा उपमेयरहरुलाई जानकारी गराएको थियो । गाउ“पालिका र नगरपालिकाले गर्ने स्थानीय निकायको बिकासलाई फलदायि कसरी बनाउन सकिन्छ र दिगो विकास हुन्छ भन्ने बारे छलफल भएको थियो ।

२५ वटा नगरपालिका, ३५ गाउपालिका र महानगरपालिकाका मेयर र उपमेयरहरु सहितको परिवारहरु सहभागिता भएका थिए । १ नं. प्रदेशबाट शुरु भएको यो कायक्रम बा“की ६ वटै प्रदेशबाट सन्चालन गरिने आयोजक संस्थाले जनाएको छ ।

कार्यक्रममा विज्ञ डा. रोर्वट एस किटटेलले कार्यपत्र प्रस्तुत गरे भने कार्यक्रममा सभापति पुर्व सांसद मिलन कुमारी राजबंशीले गरेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!