
धनकुटा, १६ असोज । नेपाली कांग्रेस धनकुटाका अग्रज तथा नेपाली कांग्रेस पाख्रिवास नगर कार्यसमितिका सभापति कोपिन मानन्धर र क्षेत्रीय प्रतिनिधि दिपेन्द्र मानन्धरका पिता गोपाल मानन्धरको सोमवार असमायिक निधन भएको छ ।
नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले शोक विज्ञप्ती जारी गरी मृतक प्रति श्रद्धाञ्जली र शोकाकूल परिवारजनमा समवेदना प्रकट गरेका छन् ।















