- संगालोखबर सम्वाददाता

 

झापा, माघ ०४ गते ।  झापाको शिवसताक्षी नगरपालिका – ५ मा १८ महिने बालकको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको छ । आज दिनको १२:०० बजेको समयमा स्थानीय गोपाल ताजपुरियाको १८ महिने छोरा टंक प्रसाद ताजपुरीया आफ्नै घरको कल नजिक रहेको पानीको खाल्डोमा डुबिरहेको अवस्थामा बालकको आफन्तले फेला परेका थिए ।

बालकलाई तत्काल उद्धार गरी उपचारको लागि स्थानीय स्वास्थ्य चौकी लगिएकोमा उपचारमा संग्लग्न चिकित्सकले मृत घोषणा गरेका थिए ।

उक्त स्थानमा ईलाका प्रहरी कार्यालय शिवगंजबाट प्रहरी टोली खटीगई थप अनुसन्धान भईरहेको छ भने कानूनी प्रकृयाको लागि ईलाका प्रहरी कार्यालय झिलझिलेबाट समेत प्रहरी टोली खटीगई घटनाको सम्बन्धमा बुझ्ने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!