ठेकीको माग उच्च, बनाउन भ्याइनभ्याइ
मङ्गलबारे, १७ माघ । दारको रूखका टुक्रा । त्यस टुक्रालाई आकर्षकरूपमा कुँद्न सिपालु हुनुहुन्छ, मोरङ शनिश्चरे नगरपालिका–८ का गङ्गा रसाइली ।
दारको रूखबाट आकर्षकरूपमा ठेकी बनाउने रसाइलीलाई आजभोलि ठेकी बनाउन भ्याइनभ्याइ छ । आफ्नो जन्मथलो छाडेर इलाम फाकफोकथुम गाउँपालिका–३ आमचोकलाई कर्मथलो बनाउनुभएका रसाइलीले ठेकी कुँदेको स्थलमा पुग्दा जो कोहीलाई पनि हेरिरहुँजस्तो लाग्छ ।
काठको मुढालाई पहिले सामान्यरू...































