संगालोखबर संवाददाता

धनकुटा, ६ माघ । धनकुटाको राजारानीमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट करिव ७ सय विरामी लाभान्वित भएका छन् । नोबेल शिक्षण अस्पतालको प्राविधिक सहयोगमा केयर वुमन नेपालले शिविर आयोजना गरेको हो ।

Advertisement

शिविरबाट ६ सय ९७ बिरामीले निःशुल्क उपचार सेवा लिएको आयोजक केयर वुमन नेपालकी अध्यक्ष ईन्दिरा थापाले जानकारी दिईन् । ‘गाउँ–गाउँबाट वालवालिकादेखि बृद्धबृद्धासम्म उपचार गराउँन आउनुभयो ।’ थापाले भनिन् ‘महिलाको आङ खस्ने समस्या, छाला, दम, आँखा र हाडजोर्नीका विरामी बढी पाईयो ।’ शिविरमा सामान्य किसिमको शल्यक्रियासमेत गरिएको थियो ।

शिविरमा १ सय १५ जनाको भिडियो एक्सरे, १ सय ३३ जनाको ईसीजी र १ सय ७५ जनाको ल्याावटेष्ट गरिएको नोबेल शिक्षण अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले बताए ।

शल्यक्रिया गर्नुपर्ने अवस्थाका आङ खसेका १७ महिला, गाठागुठी पलाएका १५ जना र मोतियाविन्दुका ७ जना विरामीलाई नोबेलमा ल्याएर निःशुल्क शल्यक्रिया गरिने आयोजकले जनाएको छ । नोबेल शिक्षण अस्पतालले स्थानीय संघसस्थासँग सहकार्य गरेर पूर्वी नेपालका गाउँ–गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement