मोरङ, ८ माघ । मोरङको बेलवारी नगरपालिका–११ मा आज बिहान ग्याँस वेल्डिङको ड्रम पड्किएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय बस्नेत ग्रिलमा काम गर्दै आएका ३७ बर्षीय मनिष बराईली छन् ।
बिहान करिव ९ बजे वेल्डिङको ड्रम पड्किदा शरिरका बिभिन्न भागमा चोट लागेर बराईली गंभीर घाईते भएका थिए । उनलाई उपचारका लागि विराटनगर स्थित न्यूरो अस्पताल ल्याईएको भएपनि उपचारकै क्रममा करिव १० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।