संगालोखबर सम्वाददाता

धनकुटा, ७ माघ ।  ठूलो परिमाणमा गाँजासहित धनकुटा प्रहरीले आज बिहान दुई जनालाई पक्राउ गरेको छ । धनकुटा नगरपालिका–९ मुलघाटबाट ३७ किलो गाँजासहित छिन्ताङका २० बर्षीय भुपाल राई र २० बर्षकै जजल राईलाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

मुलघाट प्रहरी चौकीको टोलीले बिहान करिव ५ बजे उनीहरुलाई नियन्त्रणमा लिएको धनकुटाका प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङले संगालोखबरलाई बताए । गाँजा ओसार्न प्रयोग भएको बा.२६ प.६५४० र को.११ प ३८२५ नम्बरको मोटरसाईकल पनि नियन्त्रणमा लिईएको छ ।

पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखेर घटनाको बिषयमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement