संगालोखबर सम्वाददाता

खोटाङ, ८ माघ ।  खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–८ मा गएराति घरको बरण्डाबाट लडेर एक जनाको मृत्यु भएको छ । आफन्त मकर बहादुर चौहानको घरमा लगाईएको सप्ताह पुराणमा गएकी साकेला गाउँपालिका–५ की ७७ बर्षीया टिका कुमारी खत्रीको लडेर मृत्यु भएको हो ।

Advertisement

राती १ बजे बाहिर निस्कने क्रममा घरको १ तला माथि रहेको बरण्डाबाट लडेर गम्भीर घाइते भएकी उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!