गाईघाट, ७ माघ । उदयपुरको त्रियुगा नगरपालिका–१२ गाईघाट बजारमा निर्माण गरिएको पशुबधशाला नौ वर्षदेखि प्रयोगविहीन अवस्थामा छ ।

Advertisement

त्रियुगा नगरपालिकाले रु आठ लाखको लागतमा २०६६ सालमा निर्माण गरिएको चार कोठे सो पशुबधशाला केही महीनामै प्रयोगविहीन बनेको त्रियुगा नगरपालिका–१२ दुर्गाटोलका मोहनकुमार खड्का बताउनुहुन्छ । बजारमा मनपरी ढङ्गले पशुबध गर्न थालिएपछि सो पशुबधशाला निर्माण गरिएको हो ।

“बधशाला भवन जीर्ण बन्दै गएको छ,” स्थानीयवासी नरेन्द्र खड्काले भन्नुभयो । त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेव चौधरी बधशाला नदी किनारमा निर्माण गरिएकाले मासु व्यापारी र उपभोक्ताले प्रयोग गर्न असहज मानेको बताउनुहुन्छ । “अब गाईघाट बरुवा क्षेत्रमा ठूलो पशुबधशाला निर्माण गर्ने योजना छ,” उहाँले भन्नुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!