संगालोखबर संवाददाता

धनकुटा, ६ माघ । डा.रामप्रसाद पोखरेल आँखा अस्पताल धनकुटाले सेवाग्राहिको सहजताका लागि चौबिसै घण्टा आँखा उपचार सेवा सञ्चालन गरेको छ । सार्वजनिक विदामासमेत खुल्ला रहनेगरी अव चौबिसै घण्टा सेवा सुचारु गरिएको अस्पताल सञ्चालक नेपाल नेत्र ज्योति संघका अध्यक्ष दोर्ण प्रसाद गुरागाँईले जानकारी दिए ।

Advertisement

यसअघि विहान १० देखि अपरान्ह ३ बजेसम्म उपचार हुने गरेको थियो । शनिवारसहित सार्वजनिक बिदाको समयमा आँखामा केहि आकस्मिक समस्या आएमा उपचारका लागि समस्या हुँदै आएको थियो ।

तर अव जुनसुकै समयमा पनि आँखाको उपचार गराउँन मिल्ने गरी सेवालाई चुस्तदुरुस्त बनाईएको नेत्र ज्योती संघका प्रचारप्रसार समिति संयोजक बिजयसन्तोषी राईले बताए । ‘आँखामा चोट लागेर राती १२ बजे आयो भने पनि उपचार पाईन्छ ।’ संगालोखबरसँगको कुराकानीमा उनले भने ‘आँखाको उपचारका लागि अब समयको पावन्दी हुँदैन ।’

अस्पतालको सेवालाई थप प्रभावकारी बनाउँने बिषयमा आज अन्र्तक्रियासमेत गरिएको छ । कार्यक्रममा सहभागिहरुले आँखा जस्तो सम्वेदनशिल अंगको उपचारलाई ध्यानमा राखेर चौबिसै घण्टा सेवा प्रदान गर्दा विरामीलाई धेरै राहत मिल्ने विश्वास व्यक्त गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement