लहान, ४ माघ । सिरहाको धनगढीमाई नगरपालिका नैनपुरस्थित स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी अस्पताल सञ्चालन गरिने भएको छ ।

Advertisement

धनगढीमाई नगरपालिकाको हालै सम्पन्न नगरसभाले नगरपालिकाको स्वास्थ्य तथा सरसफाइ सेवा ऐन २०७५ स्वीकृत गर्दै नैनपुरस्थित स्वास्थ्यचौकी स्तरोन्नति गरी अस्पताल सञ्चालन गर्ने निर्णय गरेको हो ।

नगरको सूचना प्रवाहलाई सूचना प्रविधिमा आधारित बनाउन माघ महीनादेखि राजश्व तथा व्यक्तिगत घटना दत्र्ता अनलाइन प्रविधिमा गर्ने निर्णय समेत गरेको छ ।

नगरपालिकाका प्रमुख हरिनारायण चौधरीको अध्यक्षतामा सम्पन्न नगरसभाले नगरपालिका– १४ वडा अन्तर्गत पर्ने अमले, चट्टान, हात्तीढुङ्गा, दलमे, बिहीबारे, सरें अम्बास, खुट्टी, महाजनी, मड्यान, जरायोटार लगायतका नागरिकको खेतीयोग्य जग्गा उदयपुरको कटारी नगरपालिकामा परेकोले श्रेस्ता सार्ने निर्णय समेत गरेको नगरपालिकाका प्रवक्ता प्रकाश योञ्जनले जानकारी दिनुभयो ।

नगरसभाले खेलकूदको विकासका लागि सबै वडामा खेलमैदान बनाउनेसहित वडा नं ९ मा कबर्ड हल तथा रङ्गशाला निर्माण गर्न सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णय गरेको छ ।

नगरसभाले नगरपालिकाको आर्थिक ऐन २०७५ संशोधन गर्दै आर्थिक वर्ष ०७५/७६ का लागि विनियोजन गरेको रु ५९ करोड ९९ लाख ७२ हजार बजेट सङ्घीय सरकारले विभिन्न शीर्षकमा थप गरेको सर्त अनुदानको रकम समेत थप गरी रु ६२ करोड नौ लाख ५१ हजार ५३४ कायम गर्ने निर्णय गरेको प्रवक्ता योञ्जनले जानकारी दिनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!