संगालोखबर संवाददाता

ताप्लेजुङ, ६ माघ । आपतकालीन अवस्थामा ताप्लेजुङवासीलाई सहयोग पुर्याउने उद्देश्यसहित काठमाडाँैमा भवन निर्माण गरिने भएको छ ।

Advertisement

जिल्लाबाट उपचारका लागि काठमाडौँ पुगेका बिरामी, अशक्त र काठमाडौँ लगायत आसपासमा रहेर आपत विपद्मा परेकालाई सहयोग पुर्याउनका लागि ताप्लेजुङ सरोकार समाजले भवन निर्माण गर्ने भएको हो ।

भवन निर्माणका लागि रु ५३ लाख १७ हजार १११ रकमसमेत सङ्कलन भइसकेको समाजका उपाध्यक्ष युवराज गुरुङले जानकारी दिनुभयो । यस्तै ताप्लेजुङको विकास र समृद्धिका लागि तल्लिन व्यक्ति, सङ्घसस्था, जनप्रतिनिधिलगायतलाई समेत उक्त भवनले सघाउ पुर्याउने उहाँको भनाइ छ ।

जिल्लाका आम सरोकारका विषयमा छलफल, गोष्ठी, बैठक, सेमिनार आदिको आयोजना गर्ने लगायतका कार्यमा समेत उक्त भवन प्रयोग हुने बताइएको छ । यस्तै भवन निर्माणका लागि अमेरिका, जापान, अस्ट्रेलिया, हङ्कङ, कोरियालगायतमा रहेका नेपाली सङ्घसस्था, व्यक्तिलगायत जिल्लावासीको समेत सहयोगको अपेक्षा गरिएको समाजका अर्का उपाध्यक्ष रमेश बरालले बताउनुभयो ।

यस्तै गत पुस २१ गते स्थापित उक्त समाजको शनिबार बसेको पहिलो बैठकले समाजका अध्यक्ष डम्बरबहादुर तुम्बाहाम्फेको अध्यक्षतामा भवन निर्माण समिति गठन गर्दै भवन निर्माणका लागि आर्थिक सङ्कलन अभियान सञ्चालन गर्नेसमेत निर्णय गरेको थियो ।

समाजको उद्देश्यअनुसार समाजका उपाध्यक्ष गुरुङको संयोजकत्वमा कुम्भकर्ण आपतकालीन कोष विशेष समिति, उपाध्यक्ष इन्द्रबहादुर शेर्पाको संयोजकत्वमा पाथीभरा शैक्षिक अक्षय कोष विशेष समिति, उपाध्यक्ष बरालको संयोजकत्वमा कञ्चनजङ्घा लगानी कोष विशेष समिति गठन गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement