संगालोखबर संवाददाता

झापा, ६ माघ ।  झापाको दमक नगरपालिका–१० दङदङगेमा आफ्नै हजुरबुवालाई कुटपिट गर्ने नातीलाई प्रहरीले पक्राउ गरेको छ । ७५ बर्षीय हजुरबुबा धन बहादुर कार्कीलाई सामान्य बादबिबादका क्रममा कुटपिट गरेको भन्दै २० बर्षीय सागर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

कुटपिटबाट गम्भिर घाईते भएका धन बहादुरलाई उपचारका लागि गोदाबारी हस्पिटल उर्लाबारी पुर्याईएको छ । सागरलाई ईलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement