अलैँचीको मूल्यमा निरन्तर ह्रास
फिदिम, २५ फागुन । अलैँचीको मूल्य निरन्तर घटेपछि किसान निराश बनेका छन् । यसवर्ष अलैँचीको मूल्य प्रतिमन (४० किलो) रु ३५ हजार हाराहारीबाट घटेर रु २२ देखि २५ हजारमा झरेपछि किसान निराश बनेका हुन् ।
अहिलेको बजार मूल्यबाट अलैँची उत्पादनमा लागेको खर्चको साँवासमेत नउठ्ने कृषकको भनाइ छ । मूल्य निरन्तर ओरालो लाग्दै गएपछि अलैँची गोदाममा राख्ने कि बेच्ने भन्नेमा किसान अन्योलमा परेका छन् । “मनको रु ३० देखि ४...





























