धनकुटा, २२ फागुन । धनकुटाको हिलेमा दुईलाख किलो फलफूल र कृषि उपज भण्डारण क्षमताको बहुउदेशिय वयरहाउस सञ्चालनमा आउने भएको छ ।

Advertisement

स्थानीय किसान र व्यवसायीहरुको पहलमा उत्तरपानी चिया कम्पनीको १५ रोपनी जग्गा ३० बर्षका लागि भाडामा लिएर पाँचवटा स्वचालित चेम्वर जडित आधुनिक वयरहाउस निर्माण गरिएको हो ।

वयरहाउसमा सुख्खा वातावरणमा राख्नु पर्ने अलैंचीदेखि एकै पटक दुइलाख किलोसम्म सुन्तला, गोलभेडा, आलु, अदुवा र अन्य फलफूल नविग्रने गरी भण्डारण गर्न सकिने छ ।

वयरहाउस संचालनमा आउने भएपछि सीत भण्डार अभावकै कारण फलफूल र कृषि उपज नास भएर जाने अवस्थाको अन्त्यहुने बताइएको छ । पहुँच मार्ग, कार्यलय भवन र केही अन्य पूर्वाधारको काम सकिएको छैन् ।

बहुउदेशिय वयरहाउस निर्माणमा अलैंची व्यवसायी संघ, उद्योग बाणिज्य संघ र उन्नती परियोजनाको गरी हालसम्म तीन करोड १४ लाख रुपैयाँ खर्च भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!