इनरुवा, २४ फागुन । सुनसरीको कोशी गाउँपालिका–८ नेहरु पार्कमा आज गाडीको ठक्करबाट मोटरसाइकलमा सवार बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ३३ प २०५१ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बा ५ ख ७११६ नम्बरको हायसले ठक्कर दिएको थियो ।

Advertisement

हायसको ठक्करबाट मोटरसाइकलको पछाडि सवार सप्तरी सप्तकोशी नगरपालिका–३ फत्तेपुरका ६० वर्षीय अम्मरबहादुर थापा मृत्यु भएको हो भने उनका छोरा मोटरसाइकल चालक ३८ वर्षीय मोहनराज घाइते भएका हुन् ।

दुर्घटनामा घाइते दुवैलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा ल्याएकोमा गम्भीर घाइते बाबुको उपचारको क्रममा मृत्यु भएको छ भने छोराको अवस्था सामान्य रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिनुभयो ।

हायस र चालक जिल्ला रामेछाप दुरम्बा गाउँपालिका–७ थापागाउँका ४२ वर्षीय राम तामाङ जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक फुयालले बताउनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!