धनकुटा, १९ फागुन । धनकुटाको सल्लेरी स्थित बरख गणमा कार्यरत एक सिपाहीको गोली लागेर मृत्यु भएको छ । आफैले बोकेको बन्दुकको गोली लागेर डोटी घर भएका ३२ बर्षीय चेतराज जोशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ब्यारेकमा डिउटीमा खटिएका बेला गएराति करिव ९ बजे घटना भएको हो । उनको छातिमा तीन वटा गोली लागेको छ । गोलीले छेडेर छातिमा प्वाल परेको छ भने ढाडमा भ्वाङ भएको छ ।
घटनाको प्रकृति हेर्दा आफैले गोली प्रहार गरेको हुनसक्ने धनकुटाका प्रहरी प्रमुख सरेन्द्रबहादुर गुरुङले संगालोखबरलाई बताए । घटनापछि पोष्टमार्टमका लागि शव जिल्ला अस्पतालमा ल्याईएको छ ।