धनकुटा, १९ फागुन । धनकुटाको भेडेटारबाट ५ किलो गाँजासहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा साँगुरीगढी–८ का ३० बर्षीय अविनास राई छन् ।
धनकुटाबाट धरान तर्फ जाँदै गरेको को.१६ प. ९६९४ नम्बरको मोटरसाईकलको पछाडी बाधेर गाँजा लैजादै गरेको अवस्थामा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका राई र मोटरसाईकललाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
राईलाई नियन्त्रणमा लिएर घटनाको बिषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।