धनकुटा, १७ फागुन । धनकुटामा सञ्चालित प्रदेश नम्वर १ स्तरीय महिला फुटवल प्रतियोगिताको उपाधी ताप्लेजुङले जितेको छ । स्थानीय तल्लो टुडिखेलमा आज भएको फाईनलमा मोरङलाई १–० गोल अन्तरले पराजित गर्दै ताप्लेजुङले उपाधीमाथि कब्जा जमाएको हो ।
प्रतियोगितामा १ नम्बर प्रदेशका १४ वटै जिल्लाका एक/एक टिम सहभागि थिए । बिजयी टिमलाई धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, प्रदेश नम्वर १ का खेलकुद विकास समिति अध्यक्ष रविन नगरकोटी, धनकुटा अध्यक्ष भोगेन्द्र थापा, धनकुटा फुटवल संघका अध्यक्ष गोविन्द्र राई लगायतले ट्रफी र मेडल प्रदान गरे ।
यसैवीच आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत प्रदेश नम्वर १ बाट महिला फुटवलका लागि १८ जना महिला खेलाडीसमेत छनौट गरिएको जिल्ला खेलकुद विकास समितिका प्रमुख नविन प्रधानले जानकारी दिए ।