झापा १६, फाल्गुन  । बुधबार झापाको शिवसताक्षीमा बोलेरो जीपको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गग पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ५ च ९४२९ नम्बरको बोलेरो जीपले ठक्कर दिँदा सोहि नगरपालिका ११ का ४७ वर्षीय दिपक राईको मृत्यु भएको हो ।

Advertisement

साईकलमा सवारमा राईलाई जीपले ठक्कर दिएपछि गम्भिर घाइते भएका थिए । घाइते राईलाई उद्धार गरि उिचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएको थियाे । उपचारका क्रममा उनको बुधबार राति नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ठक्कर दिने जीप र चालक प्रहरीको नियन्त्रणमा छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!