इलाम, १९ फागुन ।  इलामको पशुपतिनगरबाट शनिबार हत्याका अभियुक्त २८ वर्षपछि पक्राउ परेका छन् । प्रहरीले इलामको साविक जोगमाई ९ वस्ने धर्मध्वज थापाका हत्याका अभियुक्त सोही स्थानका ७३ वर्षीय रण बहादुर राईलाई पशुपति नगरको सीमाक्षेत्रबाट पक्राउ गरेको हो ।

Advertisement

राईले थापालाई २०४७ साल बैशाख ४ गते छुरा प्रयोग गरी हत्या गरेको अभियोगमा जिल्ला अदालत इलामाले २०७१ साल भदौ २४ गते सर्वस्वसहित जन्म कैदको फैसला सुनाएको थियो ।

पुनरावेदन अदालत र सर्वोच्च अदालतले समेत सोही फैसलालाई सदर गरेपछि फरार रहेका राईलाई प्रहरीले शनिबार पक्राऊ गरेको हो । उनलाई पक्राउ गरी आज (आइतबार) अदालतमा बुझाइएको प्रहरी उपरीक्षक माधव प्रसाद श्रेष्ठले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!