संगालोखबर सम्वाददाता

धनकुटा, १५ फागुन । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कात्तिकेमा आज दिउँसो ब्रेकफेल भएको बसबाट हामफाल्दा एक जनाको मृत्यु भएको छ । धरानबाट धनकुटातर्फ आउँदै गरेको को.१ ख.७१६९ नम्बरको बस अचानक ब्रेकफेल भयो । ब्रेक फेल भएको थाहा पाएपछि गुडिरहेको बसको ढोकाबाट हामफाल्दा पहिचान खुल्न नसकेका करिव ६० बर्षीय बृद्धको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लडेर गंभीर घाईते भएका उनलाई उपचारका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएको थियो । उपचारकै क्रममा दिउँसो उनको निधन भएको धनकुटाका ट्राफिक प्रहरी दिपक खड्काले संगालोखबरलाई जानकारी दिए । उनका अनुसार बस अनियन्त्रित भएर गुड्ने क्रममा ठोक्किएर तीन जना घाईते भएका छन् ।

Advertisement

घाईते हुनेमा धनकुटाको छथर जोरपाटी गाउँपालिकाका ईन्द्रबहादुर मग्रान्ती, कृष्णकुमारी तामाङ र सहिदभूमीका सोनु राई छन् । उनीहरुको वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ ।

ओरालो बाटोमा ब्रेक फेल भएर अनियन्त्रित भएको बस तेस्रो बाटो आएपछि नियन्त्रित भएको बताईएको छ । घटनापछि बस र चालकलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!