धनकुटा, १९ चैत । धनकुटामा भीरबाट खसेको ढुंगाले लागेर एक जनाको मृत्यु भएको छ । साँगुरीगढी गाउँपालिका–१० घोप्टे भीरबाट खसेको ढुंगाले लागेर भोजपुर आमचोक गाउँपालिका–६ की ४५ बर्षीया कबिता राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोमबार दिउँसो करिव १ बजे धरान तर्फ जाँदै गर्दा भोजपुर धरान पैदल मार्गमा राईलाई माथिबाट खसेको ढुंगाले लागेको थियो । ढुंगाले लागेपछि ढुंगासँगै भीरबाट करिव १ सय ५० मिटर तल खसेर राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।