धनकुटा, १२ चैत । धनकुटाको महालक्ष्मी नगरपालिका–१ नुनथलामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अर्का एक जना घाईते भएका छन् ।
सोमबार राती साढे ११ बजे धनकुटाबाट तेह्रथुम तर्फ रड बोकेर जाँदै गरेको को.२ त. ३१६६ नम्बरको ट्याक्टरको अगाडीको भाग (ईन्जिन) छुट्टिएर भिरबाट २ सय मिटर तल खसेको हो ।
दुर्घटनामा ट्याक्टर चालक धनकुटा छथर जोरपाटी गाउँपालिका–५ का ३० बर्षीय जितन घिमिरेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर पल्टिँदा सहचालक सोही स्थानका २९ बर्षीय रत्न बहादुर गुरुङ गम्भीर घाइते भएका छन् ।
उनलाई उपचारका लागि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको छ । मृतकको शव पोष्टमार्टमका लागि धनकुटा जिल्ला अस्पताल ल्याईएको छ ।